Loading...

भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाण्डौमा

काठमाडौं,१७ कार्तिक ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिन औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्नु भएको छ ।

इण्डियन एअर फोर्सको विमानबाट मुखर्जी मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा पुगेर भारतीय समकक्षी मुखर्जीको स्वागत गर्नुभएको छ ।

यस्तै मुखर्जीलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु विमानस्थल पुगेका थिए।१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।  यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया

Loading...