Loading...

सडक व्यावस्थापन मिलाउन उपत्यकामा १४ सय ट्राफिक परिचालन

काठमाडौ ,१७ कार्तिक ।
भारतीय राष्ट्रपतीको आवागमनलाई सहज बनाउन काठमाडौ उपत्यकाका सडकमा आज १४ सय ट्राफिक प्रहरी खटाइएको छ ।

सवारीलाई सहज बनाउन काठमाडौंको मुख्य सडकमा गाडीको व्यवस्थानप तथा सहायक सडकबाट मुल सडकमा निस्कने गाडीलाई रोक्न सडकमा १४ सय ट्राफिक खटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भारतीय राष्ट्रपतिको सवारी हुने र आसपासका सडकमा खटाउनका लागि काठमाडौंका अन्य क्षेत्रबाट ट्राफिक प्रहरी ल्याएर परिचालन गरिएको प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...