Loading...

मुस्ताङ जाने बाटोमा रहेका दर्जनौ होटल बन्द

म्याग्दी, कात्तिक १७ ।
म्याग्दीका पर्यटकीय स्थलमा पुग्ने पदमार्गका होटल बन्द हुदा पर्यटक गाईडको रोजीरोटीमा समस्या भएको छ ।

जिल्लाकै प्रमुख पर्यटकीय स्थल घोडेपानी, तातोपानी हुँदै मुस्ताङ जाने बाटोमा रहेका दर्जनौ होटल बन्द भएका छन् ।
आधा दशक अघिसम्म पदमार्ग क्षेत्रमा दुई सयको हाराहारीमा रहेका होटल पछिल्लो समय गाउँ–गाउँमा सडक पुगेपछि बन्द हुन थालेका छन् ।

पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडकअन्तर्गतका होटल अहिले सुनसान बनेको टुरिष्ट गाईडहरु बताउछन् ।

घोरेपानीसहित उत्तरी म्याग्दीका विभिन्न पदमार्गको प्रयोग गरी मुस्ताङ जाने मार्गका होटलसमेत बन्द अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्यांकअनुसार वार्षिक ४० हजार विदेशी पर्यटक जिल्ला भित्रिने गरेका छन् । म्याग्दी भित्रिने विदेशी पर्यटकमध्ये करिव ८० प्रतिशत घोडेपानीको भ्रमणमा जाने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...