Loading...

भारतीय राष्ट्रपति आउदा ४५ मिनेट विमानस्थल नै बन्द

काठमाडौं, कार्तिक १७ ।

नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी चडेको विमान अवतरणका क्रममा ४५ मिनेट विमानस्थल बन्द भएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले ’नोटिस फर एयरमेन’ (नोटाम) जारी गरी आज मध्यान्ह १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म विमानस्थल बन्द गरेको हो ।

मुखर्जी चडेको भिभिआइपी जहाज आउनु २० मिनेट अघिदेखि अवतरण भएको २५ मिनेटसम्मको ४५ मिनेट आन्तरीक तथा बाह््य कुनै जहाज उड्न र अवतरण गर्न पाउने छैनन् ।

विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसर (टिडिओ)का अनुसार आज जारी भएको सो नोटामको समयमा आन्तरिक तथा बाह्य कुनै पनि जहाज उड्न र अवतरण गर्न पाउँदैनन् ।

यो समयमा उडान भर्ने जहाजहरु उड्न नर्ग नपाउने र अवतरण गर्ने जहाजहरु आकाशमै होल्ड गर्ने या नजिकैको विमानस्थलमा डाइभर्ट हुनेछन् ।

तर विमानस्थलले दुईदिनअघि नै एयरलाइन्स कम्पनीलाई नोटामबारे जानकारी दिइसकिएको जनाईएको छ ।

नोटामको अवधिमा आन्तरिक उडान पनि रोकिने टिडिओले बताएको छ । मुखर्जी आउने समयमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने थाइ एयरवेज, सिल्क एयरवेज, ड्रुक एयर, चाइना साउदर्न र टर्किस एयर प्रभावित हुने छन् भने विमानस्थलबाट उड्ने कतार एयरवेज, जेट एयरवेज, मलेसिया एयरलाइन्स र एयर चाइना ढिला उड्ने छन् ।

नोटामपछि उड्ने र अवतरण हुने जहाजहरु बढी हुनेभएकोले नेपाली आकाशमा एयर ट्राफिक बढ्ने विमानस्थल स्रोतले बताएको छ । दिउँसो १ बजेपछि नेपाली आकाशमा एयर ट्राफिक हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...