Loading...

चार वर्षीया बालिकामाथि जबर्जस्ती करणी,१८ बर्षे युवक पक्राउ

गौशाला, कात्तिक १७ ।

चार बर्षिया बालिकामाथि जबरजस्ती गरेको आरोपमा महोत्तरीको गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल पक्राउ परेका छन् ।

गौशाला–२ मै छिमेकीको ४ वर्षीया नाबालिका घर नजिकै खेलिरहेको अवस्थामा उखुबारिमा लगेर जबरजस्ती करणीगरेको आरोपमा भुजेललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलका अनुसार हिजो भुजेलले बालिकालाई त्यही छेउमा रहेको उखुबारीमा लगी जबर्जस्ती करणी गरेका थिए ।

पक्राउ गरिएका भुजेललाई इलाका प्रहरी कार्यालय गौशालामा राखीएको छ । उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...