Loading...

फेसबुकबाटै भारतीय राष्ट्रपति मुखर्जी विरुद्ध कालो झण्डा ! नाकाबन्दीबारे माफी माग्नु पर्ने तर्क

सुसन आचार्य

कार्तिक १७ काठमाण्डौं । पहिला पहिला राजनीतिक आन्दोलनमा कालो झण्डा , पट्टि सडकमा निस्किएर गरिन्थ्यो ।  तर अब परिस्थिति फेरीयो युवाहरुले कालो झण्डा अति प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुकमै गरेका छन् । प्रसं)ग भारतीय राष्ट्रपति प्रणव मुखर्जिको हो । उनको भ्रमणलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मज्जैले आलोचना गरीरहेका छन् ।

भारतको हेपाहा प्रवृति र राजनीतिक तथा आर्थिक हस्तक्षेपको असर भोगेका कारण नेपाली युवाहरुको जमातले भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमणका सन्दर्भमा विभिन्न टिप्पणी र आलोचना मात्र गरेका छैनन् । उनीहरुले फेसबुक वालमै कालो झण्डा देखाएर अनौठो विरोध प्रदर्शन पनि गरेका छन् ।
वालमा कालोझण्डा सहित विरोध जनाउने युवाहरुले लेखेको फेसबुकको स्टाटस हेर्नुस् ।

0

1

2

3

बिशेष गरी फेसबुक प्रयोगकर्ताहरुले भारतले लामो समय नाकाबन्दी गरेर भूकम्पको पीडा माथि अर्को पीडा थपेको भन्दै त्यस बारे माफी माग्नु पर्ने तर्क गरीरहेका छन् ।

taukoma-kalo-kapada

14914850_715281968635860_1475250537_n

14914630_715281988635858_1810078616_n
देश विदेशमा रहेका नेपालीहरुले सामाजिक सञ्जाल मार्फत भारतको अति नै चाकडी गरिएको , मुखर्जीले माफी माग्नु पर्ने जस्ता तर्क गरेका छन् ।
नेपालका पत्रकार डिल्ली रमण सुवेदी लेख्छन् “ नाकाबन्दी गरेर दुखः दिने भारतीय राष्ट्रपतिले नेपाली जनतासग‘ माफी माग्नु पर्छ ” ।

dilli-raman

त्यसै गरी पत्रकार अमृत तिम्सिना दिल्लीमा भएको १२ बुदे सम्झौताको नाममा भारतीय शोषण नमान्ने चेतावनी दिन्छन् ।

amrit-timalsina

सर्वत्र हेर्दा नेपालमा सरकारले आकर्षक तयारी गरे पनि युवा पङितमा भारतीय नाकाबन्दी , राजीतिक हस्तक्षेप आदिबारे चर्को असन्तुष्टी छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...