Loading...

मुखर्जीको सुरक्षाको मुख्य जिम्मेवारी सेनालाई ,नेपालका चारै सुरक्षा निकाय परिचालीत

काठमाण्डौ ,१७ कार्तिक
सरकारले भारतीय राष्ट्रपतिको सुरक्षाका लागी चारै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना अन्तर्गत परिचालन गरेको छ ।
मुखर्जीको सुरक्षको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ ।
भ्रमणको क्रममा मुखर्जीको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ ।

यस्तै राष्ट्रिय अनुसन्धान विभागलाई पनि भ्रमणको क्रममा परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जी आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना समेत तयार गरी निगरानी पनि बढाईएको पन्थीले बताउनु भयो ।

केही दिन अघिदेखिनै नेपाल–भारत सीमानाकामा समेत विशेष निगरानी बढाउनुका साथै काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिदै आएको छ ।

राष्ट्रपतिका लागि काठमाडौँसहित उहा जाने पोखरा र जनकपुरका लागि जामर सहितको सवारी साधनको व्यवस्था गरिएको छ ।

राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सिसिटिभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सिसिटिभीको माध्यमबाट कार्यक्रम र सवारीको गतिविधि नियाल्ने व्यावस्था गरिएको छ ।

राष्ट्रपतिको सवारी अवधिभर सवारी हुने रुटको सडक पूर्णरुपमा खाली गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...