Loading...

राजधानीका सडकमा निस्कनु अघि यो रुट हेर्नुस् ,नत्र दुख पाउनुहोला !

काठमाण्डौ ,१७ कार्तिक ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आजबाट हुन लागेको नेपाल भ्रमणका क्रममा राजधानीका मुख्य सडकमा सवारी आवगमन प्रभावित हुने भएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको आगमनका क्रममा आज बिहान ११ बजेदेखि राति आठ बजेसम्म राजधानीका अधिकांश सडकमा सवारी आवगमन प्रभावित हुने भएकाले वैकल्पीक रुटको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

भिभिआइपीको सवारीको भएकाले प्रहरीले सुरक्षा संवेदनशीलताको कारण देखाउदै राजधानीका अधिकांश मुख्य सडकमा सर्वसाधारणको सवारी आवगमनमा रोक लगाएको छ ।

ट्राफिक प्रहरीले बिहान ११ बजेदेखि २ बजेसम्म गौशला एयरपोर्टदेखि तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

दिउँसो पौने २ बजे देखि पौने ४ बजे सो रुटसहित शंखमुल, पुतलीसडक जोरपाटी सोह्रखुट्टे लगायतका स्थानको सडक प्रभावित हुने ट्राफिक प्रहारीले आग्रह गरेको छ । यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म उक्त रुटमा चल्ने सवारीलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

हेर्नुस् कुन ठाउमा कति बजे सडक अबरुद्ध 

कात्तिक १७ गते बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, नयाँसडकढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपालचोक, थापाथली, पुरानोबानेश्वर, शंखमूल, पुतलीसडकमार्ग भएर चल्ने सवारी–साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

अपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपालचोक, सोह्रखुट्टे र जयनेपालमार्ग भएर चल्ने सवारी–साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

अपराह्न १ः४५ देखि ३ः४५ बजेका अवधिमा गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानोबसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल, पुतलीसडक क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।

साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रमा चल्ने सवारी–साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...