Loading...

भारतीय राष्टपति मुखर्जी आज नेपाल भ्रमणमा आउर्दै

काठमाण्डौ ,१७ कार्तिक ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने औपचारीक भ्रमणका लागी आज काठमाण्डौ आउदै हुनुहुन्छ । राष्टपति मुखर्जी आज विहान साढे १२ बजे त्रिभुवन विमानस्थल आईपुग्ने जनाईएको छ ।

मुखर्जीको स्वागतमा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुग्नुहुनेछ ।

त्यसलगत्तै राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारी र भारतीय समकक्षी मुखर्जीबिच भेटवार्ता हुनेछ । शीतल निवासमै भारतीय राष्ट्रपतिको सम्मान स्वरूप दिवा भोजको आयोजना गरिएको छ ।

आजै उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतीय राष्ट्रपति मुखर्जीसँग छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ ।

यस्तै आज बेलुका नै प्रधानमन्त्री दाहालले आयोजना गर्नुहुने रात्रिभोजमा मुखर्जी र उहाको टोली सहभागी हुनेछ । नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गरेको भोजमा पनि उहाले सहभागीता जनाउनु हुनेछ ।

दोस्रो दिन विभिन्न राजनीतिक पार्टीका नेतासँग भेटवार्ता, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोह, पशुपतिनाथ मन्दिरको दर्शनलगायतका कार्यक्रममा सहभागीता जनाउनु हुनेछ ।

भ्रमणको अन्तिम दिन मुखर्जी जनकपुर गई जानकी मन्दिरको दर्शन र त्यहाँको नागरिक अभिनन्दन कार्यक्रम तथा पर्यटकीय नगरी पोखरा गई भारतीय सेनाबाट अवकाश प्राप्त गोरखा सैनिकको भेलालाई सम्बोधन गर्ने तथा सोही दिन काठमाडौँ आई भारत फर्किने कार्यक्रम रहेको छ ।

१८ बर्षपछि भारतको राष्ट्रप्रमुखको रुपमा मुखर्जी नेपालको औपचारीक भ्रमणमा आउन लाग्नुभएको हो । यसअघि सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायण नेपाल भ्रमणमा आउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...