Loading...

शान्तिको स्वर्ग :स्वप्न बंगैचा, एक पटक घुमेर त हेर्नुस् ( तस्वीर सहित )

दयाराम दाहाल

कार्तिक ५ काठमाण्डौं । बाहिर सडकमा गाडी जाम, धुलो , धुवा प्रदुषण मानिसको भीड के कुराले राजधानी वासीलाई दिक्क पारेको छैन होला । त्यसैले त मानिसहरु सार्वजनिक विदा हुना साथ देखे जानेका पार्क, चिडियाखाना र वरपरका स्थलहरुमा घुमफिर गर्न जाने गर्दछन् । अझ पछिल्लो समय त राजधानी भित्री ईलाकाका मानिसहरु अलि बाहिरको ईलाकामा सुविधा सम्पन्न घर बनाएर सर्न थालेको पनि प्रसस्त मात्रामा देखिदै छ ।

काठमाण्डौंको ठमेल पर्यटकहरुको केन्द्र छ । कतिपय सज्जन मानिसहरु ठमेल जान ह‘ुदैन, विकृतिले भरिएको ठॉउ हो , त्यॉहा गएको कसैले देख्यो भने पनि शंका गर्लान कि भन्ने ठान्दछन् । किनकि डिस्को, मसाज पार्लर, बेस्यावृति जस्ता विषयको चर्चाले ठमेल छेउको यो स्वप्न बगैचा धेरैको गन्तव्य बन्न सकिरहेको देखिदैन , जति विदेशी पर्यटकले यसको आनन्द लिईरहेका छन् ।

swapna-bagaicha-2

नारायणहिटी दरबारको मुख्य गेटबाट लैनचौर तर्फ गए पछि केशर महलको मुख्य गेट ऑउछ , त्यसबाट ठमेलतर्फ करीब ५० मिटर अगाडी गए पछि भित्तामा एउटा सानो गेट छ , त्यस भित्र प्रति व्यक्ति एक सय रुपैयाको टिकट काटेर भित्र छिरे पछि फरक किसिमको युरोपेली संसारको अनुभूति हुने छ ।
ऐतिहासिक र शास्त्रीय शैलीमा निर्मित ६ वटा त्रृतुहरुसग‘ आधारीत रहेर ६ वटा सदनहरु रहेका छन् । सफा फुलहरु , रेष्टुरेष्ट, चौर , झरनाहरु, फुल, बुट्यानहरु , पोखरी, आराम गृह देखि चराहरुको आवाजले पनि तपाईलाई प्राकृतिक स्वर्गको अनुभूति दिलाउने छ ।
साथै यसले २० औं शताव्दीमै कसरी नेपालीहरुले यूरोपेली सीप र ज्ञानका आधारमा त्यही मोडेलमा यस्ता पार्कहरु बनाउन सफल भए , यो निकै उदाहरणीय कार्य हो ।

swapna-bagaicha-1
सन् १९२० मा स्वर्गीय फिल्ड मार्सल केशर शमशेर जबराले यूरोपियन ( ईडवार्डियन ) शैलीबाट प्रभावित भएर यो बंगैचा निर्माण गराएका थिए । हुनत अहिलेको सिंहदरबार सहित धेरै सरकारी संरचनाहरु राणा कालमा निर्मित छन् । सन् १९०७ मा सिंहदरबार निर्माण गर्ने प्रशिद्ध बास्तुविद किशोर नरसिंह र कुमार नरसिंह राणाले स्वप्न बंगैचाको डिजाईन गरेका थिए ।
केशर शमशेर राणाको मृत्यु पछि यो बैगैचा सरकारलाई हस्तान्तरण गरिएको थियो । तर यो लथालिङग भए पछि दातृ निकायको सहयोगमा सन् २००० बाट निर्माण शुरु गरी २००७ डिसेम्बरमा पूरा गरिएको थियो ।

swapna-bagaicha-3
नेपाल सरकार शिक्षा मन्त्रालय मातहतमा स्वायत्त संस्थाको रुपमा यो संस्था विकास समिति ऐन र गठन आदेश अनुसार शिक्षा सचिवको अध्यक्षतामा गठित ७ सदस्यीय स्वप्न बंगैचा विकास समितिले यसको व्यवस्थापन गर्दै आएको छ ।
प्राकृतिक सुन्दरताको मनोरम अनुभूति मात्र नभई ऐतिहासिक बास्तुकलाको समेत जानकारी लिन सकिने छ ।
समितिका अनुसार दैनिक १५ सय भन्दा बढी विदेशी तथा स्वदेशी नागरिकहरु यस भित्र प्रवेश गर्ने गरेका छन् ।

swapna-bagaicha-4

swapna-bagaicha-5

swapna-bagaicha-7

यसमा तपाइको प्रतिक्रिया

Loading...