Loading...

आजबाट एएफसी सोलीडारीटी कप २०१६ मलेशियामा शुरु हुदै

काठमाडौ १७ कार्तिक । मलेशियामा आजबाट एएफसी सोलीडारीटी कप शुरु हुदै छ । आजको उद्घाटन खेलमा समुह ए बाट ब्रुनाई र लिष्ट टिमोरबीच प्रतिस्पर्धा हुने छ । नेपालले भने बंगलादेशले प्रतियोगीतामा भाग नलिएका कारण कार्तिक २० गते मात्र लिष्ट टिमोर विरुद्ध खेल्ने छ । यसैगरी समुह बी मा श्रीलका , मकाउ, मंगोलीया र लाओस रहेका छन् ।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले नेपालको लक्ष्य एएफसी सोलिडारिटी कपको उपाधि जित्नु रहेको बताएका छन् ।

मलेसियाको कुन्चिङमा प्रिम्याच पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजीले उपाधि जित्नेमा आफुहरु आशावादी रहेको बताएका छन् । पछिल्ला आठ महिनामा मात्र दुृई अन्तर्राष्ट्रिय म्याच खेले पनि लामो समयको तयारीले नेपाली टिम प्रतियोगिताको दाबेदार रहेको कोजीको भनाई थियो ।

प्रशिक्षक कोजीले भोली हुने इस्ट लिस्ट र बु्रनाईबीच समुह चरणको पहिलो खेलपछि मात्र नेपालले विपक्ष विरुद्ध रणनीति तयार पारिने बताएका छन् ।नेपाली टिम सम्हालेपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागि प्रशिक्षक कोजीले प्रतियोगितालाई लिएर आफु उत्सुक र थोरै दबाबमा रहेको बताए ।

नेपाल रहेको समुह एमा रहेका पाकिस्तान र बंगलादेशले अन्तिम समयमा आएर प्रतियोगिताबाट हात झिकेपछि आफुलाई सेमिफाईनलमा पुग्न केही सहज हुने उनको भनाई छ ।

नेपालले आगामी २० गते ईष्ट लिस्ट विरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले २३ गते समुह चरणको दोस्रो खेलमा बु्रनाईसँग खेल्नेछ । यसैबीच एएफसी सोलीडारीटी कपबाट प्रतियोगीता छाडेकाले बंगलादेशी फुटबल क्लबलाई २० हजार डलर जरिवाना गर्ने एशियाली फुटबल महासंघले निर्णय गरेको छ ।
यस्तै पाकिस्तानलाई पनि सोही प्रतियोगीता छाडेकाले १० हजार डलर जरिवाना गर्ने निर्णय एएफसीले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...