Loading...

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका लागि राजधानीमा सवारी आवागमन पुर्वअभ्यास

काठमाडौ १६ कार्तिक ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भोलीदेखि हुने भ्रमणका लागि आज सवारी आवागमनको पुर्व अभ्यास गरिएको छ । आजको सवारी पूर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो ।

नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आएको थियो ।

राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दुतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितल निवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो ।

पुर्व अभ्यास सवारी शितलनिवासबाट बत्तिसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी आजको सवारी पुर्व अभ्यास समापन भएको थियो ।

सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्स लगायतको व्यवस्था गरिनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पुर्व अभ्यास गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...