Loading...

राजधानीका अधिकांश मुख्य सडकमा सर्वसाधारणको सवारी आवगमनमा रोक(विवरण सहित)

काठमाडौ १६ कार्तिक ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भोलीबाट हुने नेपाल भ्रमणका क्रममा राजधानीका मुख्य सडकमा सवारी आवगमन प्रभावित हुने भएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको आगमनका क्रममा भोली बिहान ११ बजेदेखि राति आठ बजेसम्म राजधानीका अधिकांश सडकमा सवारी आवगमन प्रभावित हुने भएकाले वैकल्पीक रुटको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

ट्राफिक प्रहरीले बिहान ११ बजेदेखि २ बजेसम्म गौशला एयरपोर्टदेखि तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

दिउँसो पौने २ बजे देखि पौने ४ बजे सो रुटसहित शंखमुल, पुतलीसडक जोरपाटी सोह्रखुट्टे लगायतका स्थानको सडक प्रभावित हुने ट्राफिक प्रहारीले आग्रह गरेको छ । यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म उक्त रुटमा चल्ने सवारीलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन पर्सी बिहान ९ बजेदेखि राति १० बजेसम्म पनि मुख्य सडक प्रभावित हुने जनाएको छ । शुक्रबार भने बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहिल, गौशला र एयरपोर्ट क्षत्रको सडक प्रभावित हुने ट्राफिक प्रहरीको भनाई छ ।

भिभिआइपीको सवारीको भएकाले प्रहरीले सुरक्षा संवेदनशीलताको कारण देखाउदै राजधानीका अधिकांश मुख्य सडकमा सर्वसाधारणको सवारी आवगमनमा रोक लगाएको छ ।

Download (PDF, 225KB)

यसमा तपाइको प्रतिक्रिया

Loading...