Loading...

भारतले पाकिस्तानसगको युद्ध क्षेत्रमा नेपाली गोर्खा सैनिकलाई फ्रन्ट लाईनमा तैनाथ गर्यो , एक नेपालीको मृत्यु

कार्तिक १६ काठमाण्डौं । पाकिस्तानसग‘ संभावित युृद्धको खतरा बढ्दै गएका बेला भारतले सिमा क्षेत्रको फ्रन्ट लाईनमा नेपाली गोर्खा सैनिकको टुकडीहरुलाई तैनाथ गर्न थालेको छ ।
छुट्टिमा घर आएक सुनसरीका एक गोर्खा सैनिकले मुख्य भीडन्त हुने क्षेत्रमा गोर्खाहरु तैनाथ हुन थालेको र साच्चै भीडन्त भए नेपालीहरुको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । गोर्खा रेजिमेन्टका ४० बटालियन मध्यबाट लगिएका सबै जसोलाई ईन्फेन्ट्री अर्थात लडाईको सबै भन्दा अघिल्लो भागमा तैनाथ गरिएको बताईएको छ । भारतमा करीब ४० हजार नेपाली गोर्खा सैनिकमा कार्यरत रहेका छन् ।

यसैबीच सुनसरी धरान घर भई भारतीय गोरखा सैनिकमा कार्यरत विमल तामाङको यसै साता मृत्यु भएको भारतीय सेनाले पुष्टी गरेको छ । २० वर्षका तामाङ २ वर्ष अघि मात्रै भारतीय सेनामा भर्ती भएको पारिवारीक स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...