Loading...

पूर्वराजा ज्ञानेन्द्रले बहिनी शोभाको हातबाट टिका थापे

काठमाण्डौ ,१६ कार्तिक ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भाइटीकाको आफ्नी बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहको हातबाट भाईटिका लगाउनु भएको छ । आज बिहान शोभाराज्यलक्ष्मी शाहको निवास कमलादी पुगेर उहाँले शुभसाईतमा नै उहाँले बहिनी शोभाको हातबाट टीका लगाउनु भएको हो ।

सो अवसरमा सन्चारकर्मीसँग बाृल्दै उहाँले मुलुकलाई एकतावद्ध राख्दै अघि बढ्न नेताहरुलाई सुझाव समेत दिनुभएको छ । साथै पूर्वराजा ज्ञानेन्द्रले देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दीपावलीको शुभकामना पनि दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...