Loading...

राष्ट्रपति भण्डारीद्धारा भाई डेगेन्द्रलाई टिका प्रदान

काठमाण्डौ ,१६ कार्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आज विहान ११ बजेर ५२ मिनेटको शुभ साइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइ दिनुभएको छ ।

भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो स्थानीय निकाय निर्वाचनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...