Loading...

रोटी पकाएर छाडेको आगो सल्किएर आगलागी हुँदा ७ घर जलेर नष्ट

काठमाडौ १६ कार्तिक ।
संखुवासभाको मादी नगरपालिका–३ मुलखर्कबजारमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । तिहारको रोटी पकाएर छाडेको आगो स्थानीय मोहनमणीको घरबाट सल्किएर आगालागी भएको प्रहरीले जनाएको छ ।

आगालागीबाट स्थानीय मोहनमणी दाहाल, भुवनप्रसाद जिमी, नरेन्द्र गुरुङ, कुलबहादुर जिमी, सुरेश जिमी, रामबहादुर जिमी र दीपक जिमीको घर र पसल जलेको डिएसपी गौतमकुमार केसीले बताउनुभयो ।

आगलागीबाट झण्डै ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको डिएसपी केसीले बताउनुभयो । राति १ बजेबाट लागेको आगो प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...