Loading...

आपसी विवादमा खुकुरी हानेर २ जनाको हत्या

मोरङ, कात्तिक १६ । सामान्य बिबादका क्रममा खुकुरी प्रहार गरि मोरङमा दुई युवाको हत्या भएको छ । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो । लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा गएराति १ बजेतीर विवाद हुँदा खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिनुभयो । घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरी उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...