Loading...

जेएनयुले देउवालाई ‘पिएचडी’ को मानार्थ उपाधि दिने

काठमाडौं, कात्तिक १६ । ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई  ‘पिएचडी’ को मानार्थ उपाधि दिनेभ भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित जेएनयुले देउवालाई पिएचडीको मानार्थ उपाधि दिने भएको हो ।

नोभेम्बर ६ का दिन उनलाई उपाधि प्रदान गरिने जेएनयुले जनाएको छ । विश्वविद्यालयकै सम्मेलन केन्द्रमा आयोजना हुने १२ औं नेहरु स्मृति प्रवचन कार्यक्रममा देउवा सहभागी हुने र र सम्बोधनसमेत गर्नुहुनेछ । देउवाले एसियाली मुलुकमा लोकतन्त्र र विकासका बारेमा प्रवचन दिने कार्यक्रम रहेको हिन्दुस्तान दैनिकले जेएनयुस्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...