Loading...

यमपन्चकको अन्तिम दिन आज भाईटिका, साईत ११ बजेर ५२ मिनेटमा

काठमाण्डौ , १६ कार्तीक । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अर्थात यमपञ्चकको अन्तिम दिन आज भाईटिका ।

मुलुकभर, परम्पराअनुसार दिदीबहिनीले दाजुभाईको दीर्घायु, सुस्वास्थ तथा समृद्धिको कामनाका साथ भाईटीका लगाइदैछ । आज भाईटिकाका लागी शुभसाईत विहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समीतीले जनाएको छ ।

साइतमा टिका लगाउन नपाउनेले दिन भर कुनैपनि समयमा टिका लगाउदा पनि शुभ रहने समीतीले जनाएको छ ।दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाईदिदा धार्मीक विधीअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली , सयपत्री र दुवोको माला लगाईदिएर चिरायुको कामना गर्ने गर्दछन् ।

पौराणीक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यसदिन विशेष सम्मानपुर्वक पुजाआजाका साथ टिका लगाई दीर्घायुको कामना गरेकी हुदा त्यसै घटनाको सम्झनामा दाजुभाईको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटिका लगाउने परम्परा चल्दै आएको हो ।

टीकामा साइतका प्रतिक – सात वा पाँच रंग प्रयोग गरिनुका साथै दाजुभाईलाई सगुन , मिठाई , फलफुल , ओखर , कटुस र मसला तथा सेलरोटी दिने चलन छ ।

दिदीबहिनीहरुले टीका लगाईदिएपछि दाजुभाईहरुले आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य , सुख , समृद्वि र चिरायुको कामना गर्दछन् ।

दिदीबहिनी नहुने दाजुभाईहरुले आज काठमाडौको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेश मन्दिरमा दर्शन गरी टीका लगाउने चलन रहेपनि भुकम्पपछि पुननिर्माण नभएका कारण यो पटक पनि प्रवेशद्धारमा नै टिका लगाउने व्यावस्था गरिएको छ ।

प्रत्येक वर्ष सो मन्दिर आज भाईटिकाका दिनमा मात्र सर्वसाधारणका लागी खुला गरिन्छ । तर यो पटक मन्दिरमा पुननिर्माणको कार्य जारी रहेकाले सर्वसाधारणका लागी खुल्ला नगरिने भएके हो । दिदीबहिनी नभएका दाजुभाइले तुलसीको डाठले आफैं टीका लगाउने चलन छ भने कसैकसैले धर्म्दिदी बहिनीबाट पनि टीका लगाउने गर्छन् ।

यस्तै नेवार समुदायले किजापूजाका नामले भाइटीका मनाउदैछन् भने मैथिली र भोजपुरी समाजमा भरद्वितियाका नाममा भाइटीका मनाउने गरिन्छ । आज टीका लगाएर खानपान सकेपछि घर–घरमा गई श्रीसम्पत्तीको कामना गर्दै देउसी खेलीन्छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...