Loading...

भाई म तिमीलाई पुज्न सक्दिन, किनकि म अरुको ……

पार्वती थापा

दुखः नमान भाई म तिमीलाई यस पटकको भाई टीकामा पनि पुज्न र माला लगाउने नआउने भए । मलाई थाहा छ , तिमीलाई आफ्नो दिदीले टिका र माला नलगाएकोमा तिम्रो चित्त दुखीरहेको छ । तर के गर्छौ तिम्री अभागी दिदी आफ्नो पेट पाल्न अरुको शरीर “पूजा” गरेर बस्न बाध्य छे । गाउमा सानोमा हामीले टिका माला लगाएको दिन म सम्झदै छु मेरो भाई । तिमीले आमाले दिएको २० रुपैया दिएको तिहारको त्यो दिन पनि सम्झदैछु । खुब रमाईलो थियो ती दिनहरु ।

समयले मानिसलाई कहा कहा पुर्याउछ थाहा छैन , आज म दुखी यहा आफ्नो शरीर नग्याएर अरुलाई नचाएर अनि खुसी पारेर पेट पाल्दै छु । शहरको मुटु भनिन्छ क्यारे यो ठमेल भन्ने ठाउलाई । अन्त रात परे पछि यहा दिन शुरु हुन्छ । जब अरु खाना खान र सुत्ने तरखरमा हुन्छन् म जाग्नु पर्छ । तिम्रो भेनाले सानैमा बिबाह गरेर एउटा भान्जी जन्मे पछि छाडेर अर्की स्वास्नी ल्याएर बसेको छ । उ न त यो बच्चा हेर्न आउछ नत फोन गर्छ ।
एउटा आमा हुनुको नाताले मैले उसको जिम्मा लिनु परेको छ , त्यसै मारेर फ्याक्ने कुरा पनि भएन । गाउमा , माईतमा आएर बसौं भने के काम गरेर खाने चिन्तै छ । फेरी माईत बस्यो भने समाजले कुरा काट्ने पनि उत्तिनै हुन्छ । अर्कोतिर बिबाह गरौ भने जमाना यही हो , छोराछोरीको आमालाई कसले पो लैजाने ? उही त हो सबै स्वार्थी ।

चुरोट , खैनी रक्सी जाड खान हुन्न भनेर मै सिकाउथे तिमीलाई सानोमा । तर हेर न तिम्रो दिदी विवस छे । म यहा साझ ७ बजे पछि राति १२ नबज्दा सम्म ग्राहकहरुसग‘ बसेर एक पकेट चुरोट सक्न बाध्य छु । त्यति मात्र कहा हो र ? म त यो पाच घण्टा भित्र १÷२ बोतल वाईन पनि पिउने गर्छु । किन भने हामीले छेउमा उसको ( ग्राहक ) को काखमा बसेर नखाने हो भने डिस्को चल्दैन ।

त्यसैले साहुको डिस्को धान्न म चुरोट पिउछु , रक्सी पिउछु । अनि १२ बजे सम्म ड्रेस फेर्दै मेकअप गर्दै ६/७ पल्ट सम्म नाच्न बाध्य छु । त्यसो त म नाच्ने मान्छे पो कहा हो र ? तै पनि शरीर मर्काउन बाध्य छु । छोटा लुगा लगाउनु धर्म जस्तै भएको छ । अनेकथरी मेकअप गरेर ईन्द्रेणी लाईटमा राम्री त म देखिन्छु नै भन्छन् ग्राहकहरु । म यो सबै कुरा गर्दा मनमा रोईरहेकी हुन्छु कि मलाई दैवले किन राम्रो मान्छे बनाउन सकेनन् , किन म शरीर बेचेर खान बाध्य छु । तर के गरु ?

बालाजुमा एउटा कपडा पसलमा काम गर्दा जम्मा ६ हजार दिन्थ्यो । त्यसले मैले दुई हजार त कोठा माडा मात्रै तिर्न पथ्र्यो । अनि नानीको स्कुल फिस , किताव कापी गर्दा जीवीको चल्नै नसक्ने भए पछि एउटा बालाजुमै बस्ने साथीसग‘ कुरा हुदै गर्दा उसले मलाई यो ठाउमा पुर्याई ।

अहिले म सजिलै कोठा भाडा तिर्छु, दिदीलाई केही पैसा दिन्छु उसले मेरो बच्चालाई स्कुल पुर्याईदिन्छे । फेरी म स्कुलबाट बच्चा ल्याए पछि खाना खुवाएर । मेकअप गरेर साझ ६ बजे अफिस छ भन्दै ठमेलतिर लाग्छु ।

काखमा राख्ने उत्ताउला ग्राहकहरु पनि हुन्छन् , कोही मसार्न आउछन् कोही भोली यसो बस्ने व्यवस्था मिलाउनु पर्यो कति पैसा पर्छ भन्छन् ? कोही म सग‘ बिबाह गर भन्छन् । मैले हरेक रातको पाच घण्टा यस्ता कुरा सुन्नै पर्छ र मुस्कुराउनै पर्छ किन भने उनीहरुको विरोध गर्नु भनेको मेरो रोजगारी गुम्नु नै हो । त्यसैले म यो पापी पेटका लागि अरुको गुलाम जस्तो बनेको छु । जब म एउटा गीतको डान्स सक्छु । वेटरले भन्छ त्यो टेबलमा जाउ । म त्याहा जान्छु उनीहरुलाई नमस्ते गर्छु । र विस्तारै यो खान्छु , त्यो खान्छु भनेर उनीहरुको पैसा झार्ने उपाय गर्छु के गर्नु मेरो पेसै यस्तै छ ।

म मात्र हैन शायद बालाजु, नया बजारतिर बस्नै थुप्रै साथीहरु यस्तै पीडामा छन् । हुन सक्ला कोही त रहरले पनि आएका । उनीहरु कतिपय स्कुटर चढेर आएको पनि देख्छु । यो सबै काम गरेर जब १२ बज्न थाल्छ अनि कपडा चेन्ज गरेर बाहिर निस्कन नपाउदै दलालहरुको हुल हुन्छ । य बैनी जाने हो ? राम्रो पैसा दिन्छ , भनेर हातैमा तानौला जस्तो गरेर बसेका हुन्छन् तिनीहरुको कुरा सुन्दै सुन्दै अफीसले गाडीमा घर पुर्याउदा रातको डेढ दुई बजेको हुन्छ । रक्सीको केही नसा र नाच्दा नाच्दा थाकेका कारण मु बिहान १० बजे सम्म सुत्छु , बच्चालाई खाना खुवाएर स्कुल पुर्याउने काम दिदीले गरिदिन्छे ।

म यसपाली त तिहारमा छुट्टी लिएर माईत आउला र तिमीलाई टिका लगाईदिउला भन्ने सोचेको थिए । तर लक्ष्मी पूजाको दिन देखि विदा मागेको साहुले मानेनन् । घर जान्छस् भने अब आउनु पर्दैन अर्को केटी राख्छु भन्छ ।

त्यसैले तिम्रो निधारमा सप्तरंगी टिका र माला लगाउन म यस पाली पनि सकिन भाई । मैले दुई दिन माईत गएर अहिले १०/१५ हजार कमाएर आफू र छोरी पालिएका छौं त्यो पनि भोली नया ठाउमा जादा हुदैन गाह्रो हुन्छ । त्यसैले सरी भाई म आउन सकिन । तिमीलाई फुलले पुज्न सकिन । सप्तरंगी टिका लगाउन सकिन । नमरी बाचे दैवले साचे आउने साल भेटौला , म पनि सानो तिनो पसल गरौं कि भन्ने सोच्दै छु । बुवा आमाको राम्रो ख्याल गर । मेरो पीर नगर । मन दुखी भए पनि नाचेर खान पाएकी छु ।

-काभ्रे घर भएकी पार्वती थापा ( नाम परिवर्तन ) को भावनात्मक कुराकानीमा आधारीत कथा । धेरै डिस्को, दोहोरी साझ र मसाज पार्लरमा काम गर्ने दिदी बहिनीहरुको भावनासग‘ मेल खाने भएकाले प्रकाशित गरिएको हो । सम्पादक

यसमा तपाइको प्रतिक्रिया

Loading...