Loading...

नागढुंगाबाट १२ हजार थान पटका बरामद

काठमाडौं, १५ कात्तिक । सुनसरी धरानबाट काठमाडौं आउँदै गरेको ना.६ ख ९००९ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा सेतो बोराभित्र कार्टुनमा प्याक गरी ल्याएको विभिन्न किसिमका १२ हजार थान पटका महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले सोमबार बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...