Loading...

कुलो बनाउदा खोला फर्काएर खेतै बगाउने काममा एमाले सहमत हुदैनः ओली

कार्तिक १५ काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सविधान सशोधन गर्ने भन्ने विषयमा एमालेसग‘ कुनै परामर्श नगरेको र थाहा नभएको बताउनु भएको छ ।

आज रिपोर्टस क्लबको देउसी भैलो कार्यक्रममा उहाको निजी निवास बालकोटमा बोल्दै ओलीले सविधान शसोधन औचित्यका आधारमा छलफल गर्नु पर्ने भए एमाले तयार रहेको बताउनु भयो ।

उहाले हचुवाको भरमा र हावाहुरीको भरमा संविधान शसोधन नहुने पनि स्पष्ट पार्नु भयो ।

ओलीले कुलो बनाउने नाममा खोला फर्काएर खेतै बगाउने काममा एमाले सहमत नहुने दावी गर्नु भयो ।

एक प्रसंगमा उहाले पूर्व राजाको पक्षमा बनकालीमा भारतीय जोगीहरुले महाराज भनेर सवोधन गरेको तर्फ ईङिगत गर्दै के नेपाली जनताले फ्याकेको राजतन्त्र भारतीय जोगीले फर्काउने हो भन्दै कटाक्ष गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...