Loading...

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको पूर्वसन्ध्यामा विप्लव माओवादीको प्रदर्शन

काठमाण्डौं कार्तिक १५ ।  भोलीदेखि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गर्न लागेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा विप्लव माओवादीले सरकारले दिएको सार्वजनिक विदाको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ ।

माओवादी सम्बद्ध जनवर्गीय संगठनहरुले माईतीघरबाट र्याली निकालेका थिए ।

भारतीय राष्ट्रपति आउदा सार्वजनिक विदा दिनु दलाली र आत्मसर्मणको नमुना भएको भन्दै माओवादीले सडकमै उत्रिएर विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा माओवादी स्थायी समिति सदस्य सन्तोष बुढा मगरको नेतृत्वमा सयौं माओवादी कार्यकर्ताहरु सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...