Loading...

तीनै तहको निर्वाचन तोकिएकै मितिमा हुन्छ : देउवा

काठमाडौं,कार्तिक १५ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै देउवाले प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने बताउनु भयो ।

निर्वाचन हुदैन भन्ने चर्चा चलेको भन्दै सभापति देउवाले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।

संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको भन्दै उहाले एमाले लगायतका दलले कांग्रेसको बारेमा छरेको भ्रम मेटाउन कांग्रेस लाग्नुपर्ने बताउनु भयो ।

देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उहाले निर्वाचनको तयारीमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिनुभएके छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको परराष्ट्र नीतिमा कुनै कमजोरी नगरेको स्पष्ट पार्दै विगतका सरकारले गरेका सन्धि र सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागी सांसद् मनमोहन भट्टराई लगायतले संविधान कार्यान्वयन गराउनेतर्फ कांग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...