Loading...

ईन्दीरा गान्धीको अन्तिम दिन….

रेहान फजल , बिविसी

भुवनेश्वर शहरसग‘ जोडिएको ईन्दीरा गान्धीका अनेकौ यादहरु छन् जसमा धेरै यादहरु दुखद छन् । यसै शहरमा उनका बाबु जबाहरलाल नेहरु पहिलो पटक गंभीर बिरामी भएका थिए जसका कारण मे १९६४ मा उनको मृत्यु भयो । यसै शहरमा १९६७ मा चुनाव प्रचारको बेला ईन्दीरा गान्धीमाथि ढुंगा प्रहार भयो जसबाट उनको नाकको हड्डी भाचियो ।
ईन्दीरा गान्धी सधै आफ्ना सूचना सल्लाहकार एचबाई शारदा प्रसादले तयार पारेको डकुमेन्टका आधारमा भाषण गर्थिन् तर ३० अक्टुबर १९८४ को दिन दिउसो ईन्दीरा गान्धीले जुन चुनावी भाषण गरीन् , त्यो दिन उनले सूचना सल्लाहकारको आलेख पढिनन् ।
ईन्दीरा गान्धीले भनिन् “ म आज यहा छु , भोली शायद म यहा हुदिन । मलाई चिन्ता छैन म रहु या नरहु । मेरो लामो जीवन रह्यो र मलाई यस कुरामा गर्व छ कि मैले पूरा जीवन जनताको सेवामा विताएको छु । म आफ्नो अन्तिम सास रहुञ्जेल सम्म यसै गर्ने छु । जब म मर्छु त्यस पछि मेरो रगतको एक एक थोपा भारतलाई बलियो बनाउन लाग्ने छ । ”कहिले काही नियतिले शब्दमा ढल्किएर आउने दिनको संकेत दिन्छ । भाषण पछि जब उनी राजभवन फर्किन त्यस बेला राज्यपाल बिशंभरनाथ पाण्डेले गान्धीलाई तपाईले हिंस्रक मृत्युको कुरा गरेर मलाई हल्लाएर राख्नु भयो । जब गान्धीले जवाफ दिईन् मैले ईमान्दार र तथ्यपरक कुरा गरीरहेकी थि‘ए ।

रातभर सुत्न पाईनन्
त्यसै रात ईन्दीरा गान्धी बुहारी सोनिया गान्धी ( हाल काग्रेस नेतृ )सग‘ जब दिल्ली आईन , निकै थाकेकी थिईन् । त्यस रात उनी कमै मात्र सुत्न पाईन् । बुहारी सोनिया गान्धीले बिहान ४ बजे जब आफ्नो दमको दवाई लिन उठेर बाथरुम गईन् त्यस बेला पनि ईन्दीरा गान्धी जागै थिईन् ।
सोनीया गान्धी आफ्नो किताब राजीव मा लेख्छिन् । त्यस बेला ईन्दीरा पनि सोनियाको पछि पछि बाथरुममा आएर दवाई खोज्न सहयोग गर्न थालिन् । ईन्दीराले यो पनि भनिन् कि जब तिम्रो स्वास्थ्य बिग्रिन्छ मलाई बोलाउनु म , उठिसकेको छु ।

gandhi-2
हल्का नास्ता
पीटर उस्तीनोव ईन्दीरा गान्धीको विषयमा डकुमेन्ट्री बनाईरहेका थिए । बिहान साढे ७ बजेसम्म ईन्दीरा गान्धी तयार भईसकेकी थिईन् । त्यस दिन उनले केसरी रंगको सारी पहिरिएकी थिईन् जसको बोर्डर कालो थियो । यस दिन उनको पहिलो एपोईन्टमेन्ट पीटर उस्तीनोवसग‘ थियो । पहिला उनले उडिसा दौडाहाको समयमा पनि शुट गरेका थिए ।
दिउसो उनले ब्रिटेनका पूर्व प्रधानमन्त्री जेम्स कैलेघन र मिजोरमका एक नेतासग‘ भेट गर्नु पर्ने थियो । र साझ उनले ब्रिटिश राजकुमारी ऐनलाई भोज दिने तयारीमा पनि थिईन् ।
त्यस दिन नास्तामा उनले दुई वटा टोष्ट, सीरियल्स , संतरेको ताजा जुश र अण्डा लिईन् ।
नास्ता पछि जब मेकअपम्यान उनको अनुहारमा पाउडर र ब्लसर लगाईरहेका थिए त्यसै बेला उनका चिकित्सक डाक्टर केपी माथुर त्याहा पुगे । उनी दिनै पिच्छे गान्धीको श्वास्थ्य हेर्न त्याहा जाने गर्दथे । डाक्टरलाई उनले भित्र बोलाईन् र कुरा गर्न थालिन् । उनले अमेरीकी राष्ट्रपति रोनाल्ड रेगनको आवस्यकता भन्दा धेरै मेकअप र ८० वर्षको उमेरमा कालो कपाल भएकोमा जिस्कन पनि भ्याएकी थिईन् ।

गोली लाग्नु पुर्व हिड्दै ईन्दीरा गान्धी ।

गोली लाग्नु पुर्व हिड्दै ईन्दीरा गान्धी ।

अचानक फायरीङ
बिहान ९ बजेर १० मिनटमा जब ईन्दीरा गान्धी बाहिर आईन तब अचानक हावा र धुलो उडेको थियो । उनलाई धुलोबाट बचाउन सिपाही नारायण सिंह कालो छाता बोकेर बगलमा गईरहेका थिए । उनको केही पछि थिए आरके धवन र उनको भन्दा पनि पछि थिए ईन्दीरा गान्धीका निजी सेवक नाथु राम ।
सबै भन्दा पछि थिए उनका निजी सुरक्षा अधिकारी ईन्सपेक्टर राम दयाल । यस बीचमा एक कर्मचारी उस्तीनोवलाई चिया खुवाउन टि सेट लिएर जादै थिए । गान्धीले उस्तीनोवको लागि अर्को टि सेट लगाउन भनिन् । जब गान्धी एक अकबर रोड जोड्ने विकेट गेट पुगिन् त्यस बेला उनी धवनसग‘ कुरा गरीरहेकी थिईन् ।
धवनले उनलाई बताईरहेका थिए कि उनको निर्देशन अनुसार यमनको भ्रमणमा गएका राष्ट्रपति ज्ञानी जैल सिंहलाई सन्देश पठाईएको थियो कि सात बजे सम्म दिल्ली पालम हवाई अड्डामा ल्याण्ड गर्नु , ताकि राष्ट्रपतिलाई रिसिभ गरेर ब्रिटेनकी राजकुमारी एलनको रात्रीभोज दिने कार्यक्रममा सहभागी हुन सकियोस् ।
अचानक सुरक्षाकर्मी बेअंत सिंहले आफ्नो रिवल्वर निकालेर ईन्दीरा गान्धीमाथि फायर गर्न थाले । गोली ईन्दीरा गान्धीको पेटमा लाग्यो । ईन्दीराले अनुहार बचाउन दाहिने हात उठाएर छेकिन् तैपनि बेअंतले निश्चित प्वाईन्ट ब्लाक रेंजबाट थप दुई गोली हाने । जो कमर र सीरमा लाग्यो ।

अमेरीकी राष्ट्रपति रोनाल्ड रेगनको साथमा ईन्दीरा गान्धी ।

अमेरीकी राष्ट्रपति रोनाल्ड रेगनको साथमा ईन्दीरा गान्धी ।

गोली चलाउ
गान्धीलाई गोली लागेको पछाडी काग्रेस नेता आरके धावन थिए । त्याहाबाट पाँच फिट टाढा सतवंत सिंह टमसन अटोमेटीक हतियार लिएर उभिएका थिए । ईन्दीरा गान्धी गोली लागेर ढलेको हेर्दा हेर्दे उनी आफ्नो ठाउबाट हल्लिन समेत सकेका थिएनन् । त्यही बला बेअंतले चिच्याएर भने कि गोली चला ? सतवंतले तुरुन्तै आफनो हतियार निकालेर २५ राउण्ड गोली पुरै ईन्दीरा गान्धीको शरीरमा प्रहार गरे । बेअंत सिंहले पहिलो फायर गरेको २५ सेकेण्ड बितेको थियो त्याहा तैनाथ सुरक्षाबलबाट कुनै प्रतिकृया आएको थिएन ।
त्यति बेला सम्म सतवंतले फायर गरीरहेका थिए । त्यो बेला सबै भन्दा पछि हिडिरहेका रामेस्वर दयाल अगाडी दौडन शुरु गरे । उनी ईन्दीरा गान्धीको छेउमा पुग्ने वित्तिकै सतवंतले चलाएको गोली तिघ्रा र खुट्टामा लाग्यो र उनको पनि मृत्यु भयो ।
ईन्दीरा गान्धीका सहायकले उनको क्षत विक्षत भएको शरीर देखे र आदेश दिए । अकबर रोडबाट एक पुलिस अफिसर दिनेश कुमार भट्ट को चिच्याउदैछ भनेर बाहिर निस्किएका थिए ।

पाकिस्तानी राष्ट्रपति जुल्फिकर अलि भुट्टोका साथ १९९७ को सिम्ला सम्झौता पछि ईन्दीरा गान्धी ।

पाकिस्तानी राष्ट्रपति जुल्फिकर अलि भुट्टोका साथ १९९७ को सिम्ला सम्झौता पछि ईन्दीरा गान्धी ।

एम्बुलेन्स पाईएन
गोली हान्ने बेअंत सिंह र सतवंत सिंहले आफ्नो हतियार भुईमा फ्याकी सकेका थिए । बेअंतले भने मैले जे गर्नु पर्ने थियो गरीसकेको छु , अब तिमीहरु जे गर्नु छ गर भन्दै उभिएका थिए । तब नारायण सिंहले बेअंतलाई भुईमा थेच्चारे । अरु जवानहरु आएर सतवंतलाई पनि घेरा हाले ।
हरेक दिन एम्बुलेन्स हुने त्यस ठाउमा सो दिन एम्बुलेन्सको ड्राईभर भेटिएन । ईन्दीराका राजनीतिक सल्लाहकार माखनलाल फोतेदारले चिच्याउदै कार निकाल्न भनिरहेका थिए । ईन्दीरा गान्धीलाई जमीनबाट उठाएर आरके धवन र सुरक्षाकर्मी दिनेश भट्टले उठाएर सेतो राजदुत गाडीको पछाडी राखे । अगाडीको सिटमा धवन, पोतेदार र ड्राईभर बसे । जब गाडी चल्न लाग्यो सोनीया गान्धी खाली खुट्टा ड्रेसिङ गाउनमा मम्मी , मम्मी भन्दै दौडदै आईन् । उनी ईन्दीरा गान्धीलाई राखिएको ठाउमा बसिन् र रगतले लतपतिएको ईन्दीराको टाउको आफ्नो काधमा राखिन् । तीव्र गतिमा चलेको गाडी चार किलो मिटर टाढा निम्स तर्फ अघि बढेको थियो । त्यो बेला सम्म कोही केही बोलेनन् । सोनीयाको गाउन ईन्दीराको रगतले भीजेको थियो ।
स्ट्रेचर गायव
कार नौ बजेर ३२ मिनेटमा दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ( एम्स ) पुग्यो । त्याहा ईन्दीराको ब्लड ग्रुप ओ आर नेगेटिभको पर्याप्त स्टक थियो । तर सफदरजंगबाट कसैले पनि एम्सलाई फोन गरेर ईन्दीरा गान्धीलाई गंभीर रुपको घाईते अवस्थामा ल्याईएको छ भनेर जानकारी दिएका थिएनन् । अस्पतालको एमरजेन्सी गेट खोल्न र गान्धीलाई कारबाट निकाल्न तीन मिनट लाग्यो । जतिखेर त्याहा एउटा स्ट्रेचर समेत थिएन । कुनै तरीकाले एउटा सामान्य स्ट्रेचर तयार पारीयो । जब उनलाई कारबाट उतारीयो त त्याहा रहेका चिकित्सकहरु गान्धीलाई यस्तो अवस्थामा देखेर डराए । उनले तत्कालै फोन गरेर एम्सका बरिष्ठ कार्डियोलोजिष्टलाई यस बारेमा सुचना दिए । केही मिनेटमै त्याहा डाक्टर गुलेरिया, डाक्टर एमएम कपुर र डाक्टर यस बालाराम पुगे ।
एलेक्ट्रोकाड्रियाग्राममा ईन्दीराको मुटुले सामान्य रुपमा काम गरीरहेको देखिएको थियो तर नारीमा धड्कन थिएन । र आखी भौका परेलाहरु छरिएका थिए जसको संकेत थियो कि उनको दिमागमा क्षति पुगेको छ । एक चिकित्सकले मुखबाट एउटा स्वास नली घुसाए ता कि फोक्सो सम्म अक्सिजन पुगोस् र दिमाग जीवीत राख्न सकियोस् । ईन्दीराको शरीरमा ८० बोतल रगत चढाईएको थियो । जो उनको शरीरमा भएको रगत भन्दा पाच गुणा बढी थियो ।
अस्पताल वरपर धेरै सर्वसाधारण जम्मा भएर आक्रोस व्यक्त गरीरहेका थिए । डा. गुलेरिया भन्छन् “ मलाई त हेर्ने वित्तिकै लागेको थियो कि उनी यस दुनियाबाट गईसकेकी छन् । यस पछि हामीले यो कुरा पुष्टी गर्नका लागि ईसिजी गर्यौ । फेरी मैले त्याहा रहेका श्वास्थ्य मन्त्री शंकरानंदसग‘ सोधे कि अब के गर्ने ? के हामी गान्धीलाई मृत घोषित गरौ ? मन्त्रीले भने हुन्न । त्यस पछि फेरी हामीले गान्धीलाई ८ औ तल्लाको अप्रेसन थिएटरमा लग्यौं । गोलीले उनको कलेजोको दाहिने भाग क्षत विक्षत बनाएको थियो । फोक्सोमा पनि क्षति पुर्याएको थियो । हड्डीमा पनि क्षति पुगेको थियो । तर उनको मुटु सही अवस्थामा थियो । तैपनि डाक्टरले उनको शरीरमा हर्ट एण्ड लंग मेसिन जोड्यौ ताकि उनको रगत सफा होस् । यसो गर्दा उनको शरीरको तापक्रम ३७ डिग्रिबाट घटेर ३१ डिग्रिमा आएको थियो ।

ईन्दीरा गान्धीको अन्तिम दाहा संस्कारमा सहभागी परिवारका सदस्यहरु ।

ईन्दीरा गान्धीको अन्तिम दाहा संस्कारमा सहभागी परिवारका सदस्यहरु ।

योजना बनाएर ड्युटीमा गान्धीको साथमा ड्युटी

आफ्नै अंगरक्षकद्धारा गोली हानीएको चार घण्टा पछि २ बजेर २३ मिनटमा ईन्दीरा गान्धीलाई मृत घोषित गरियो । तर पनि सरकारी सञ्चार माध्यमले साझ ६ बजे सम्म पनि यसको घोषणा गरेनन् । गान्धीको जीवनी लेख्ने ईन्दर मलहोत्रा भन्छन् कि खुफिया एजेन्सीहरुले आशंका गरेका थिए कि ईन्दीरा गान्धीमाथि यस्तो खालको आक्रमण हुन सक्छ । उनीहरुले सबै सिख सुरक्षाकर्मीलाई निवास स्थानबाट हटाउन सिफारीस गरेका थिए । तर जब यो फाईल ईन्दीरा गान्धीकोमा पुग्यो तब उनले आक्रोसमा आएर तीन शब्द लेखिन् “ आरन्ट वी सेक्युलर ? ” अर्थात के हामी धर्म निरपेक्ष होईनौं ?
त्यस पछि यो तय गरियो कि एकै समयमा दुई सिख सुरक्षागार्डलाई तैनाथ नगर्ने । तर ३१ अक्टोबरको दिन सतवंत सिंहले आफ्नो पेट खराब भएकाले ट्वाईलेटको छेउमा तैनाथ गर्न आग्रह गरे । यसरी बेअंत र सतवंतले एकसाथ तैनाथ हुने मौका पाए र ईन्दीरा गान्धीसग‘ अप्रेसन ब्लु स्टारको बदला लिए ।

.

यसमा तपाइको प्रतिक्रिया

Loading...