Loading...

मधेशको मुद्दा सम्बोधन भई नेपालको संबिधान सर्वमान्य हुने : देउवा

भक्तपुर, १५ कार्तिक । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मधेशको मुद्दा सम्बोधन भई नेपालको संबिधान सर्वमान्य हुने बताउनु भएको छ ।
नेपाली काँग्रेस भक्तपुरले आयोजना गरेको जय नेपाल भक्तपुर स्मारिका बिमोचन गर्दै उहाँले संबिधान संशोधन गरेर भए पनि मधेशको माग सम्बोधन गरि निर्वाचनको वातावरण तयार हुने बिश्वासका साथै तीनै तहको निर्वाचन सम्पन्न गर्दै संबिधानको सफल कार्यान्वयन हुने बताउनु भयो ।
उहाँले नेपालको बिकास काँग्रेसले मात्र गर्न सक्ने भन्दै अबको निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउदै सबैभन्दा ठूलो पार्टीको रुपमा आउने बिश्वास ब्यक्त गर्नु भयो । वर्तमान समयमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि नेपाली काँग्रेसले आफ्नो ठाउँबाट सक्ने जति भूमिका इमान्दार पूर्वक निर्वाह गरिरहेको बताउनु भयो ।
कार्यक्रमा परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले परराष्ट्र नीति सडकमा कराउने नभई कुटनीतिक तवरले अगाडी बढाउँदै नेपालको हितलाई केन्द्र बिन्दुमा राख्दै काम गरिरहेकाले सफल भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका बिभिन्न नेताहरुले मन्तव्य राख्नु भएको थियो भने सभापतित्व नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लब थापाले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...