Loading...

संबिधान कार्यान्वयनको निम्ति एक हुनु पर्ने : प्रधानमन्त्री दाहाल

भक्तपुर, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान कार्यान्वयनको निम्ति एक हुनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
नेपाल संवत १३३५ को अवसरमा मध्यपुर थिमीमा आयोजित राष्ट्रिय विभुति शंखधर साख्वको प्रतिमा माल्यार्पण कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संबिधान निर्माणमा र भूकम्पको पिडालाई सम्बोधन गर्न एक भए जस्तै नेपालको बिकासका लागि सबै एक भएर संबिधान कार्यान्वयन मार्फत आर्थिक बिकासको बाटो समाउने भएकाले सबैलाई एक हुन आग्रह गर्नु भयो ।
संबिधान कार्यान्वयनको निम्ति एक हुनु पर्ने आवश्यकता रहेको भन्दै प्रधानमन्त्री दाहालले उहाँले प्रतिपक्षलाई समेत समेटेर नेपालको बिकासमा अग्रसर बन्न आफू सहमत रहेको र कस्तो भूमिका खेल्नु पर्ने हो त्यसका लागि आफू तयार रहेको बताउनु भयो ।
उहँले शंखधर शाख्वाले नेपाली जनताको ऋणमोचन गरेर ठुलो प्रेरणा प्रदान गरेको भन्दै शाख्वालाई राष्ट्रिय विभुती रुपमा सम्मान गरेको बताउनु भयो ।
कार्यक्रममा पर्यटन मन्त्री जीवन बहादुर शाही, स्थानिय विकास मन्त्री हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष भीम रावल, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेललगायतले नेपाल सम्वतलाई सवै सरकारी कार्यालयलमा राष्ट्रिय सम्वतको रुपमा प्रयोग गरिनु पर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...