Loading...

संविधान संशोधनका लागि त्यसको औचित्य पुष्टी गर्नुपर्छ : रावल

काठमाडौ १५ कार्तिक ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनको औचित्य पुष्टि गर्न सरकारलाई चुनौति दिनु भएको छ ।

नेपाल संवत ११३७ को अवसरमा भक्तपुरको ठिमीमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संविधान संसोधन जस्तो संवेदनशील विषयमा पहिले औचित्य पुष्टी गरेर मात्र अघि बढ्नुपर्ने बताउनु भयो ।

संविधान संशोधन प्रक्रिया अघि बढाउनु अघि नै संविधानको कुन धारा वा प्रावधानले कुन, जाती, वर्ग, क्षेत्र, लिंग र समुदायको अधिकार कुण्ठित गरेको हो भन्ने जवाफ सरकारले दिनुपर्ने रावलको भनाई थियो ।

अर्को एक प्रसंगमा नेता रावलले छिमेकी राष्ट्र प्रमुख नेपाल आउँदा आउँदा सम्मान गर्नु सामान्य भएपनि सार्वजनिक बिदा नै दिनु राष्ट्रिय स्वाभिमान विपरीत भएको तर्क राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...