Loading...

पूर्व राष्ट्रपति यादव आज साँझ स्वदेश फर्कंदै

काठमाण्डौ , कार्तिक १५ ।
पूर्वराष्ट्रपति डा रामवरण यादव आज साझ स्वेदेश फर्कदै हुनुहुन्छ ।
दुई महिनादेखि अमेरिकामा उपचाररत डा. यादव स्थानीय समयअनुसार आज साँझ स्वदेश फर्कन लाग्नुभएको हो ।

अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना हुनुभएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर प्रोस्टेटको शल्यक्रिया गरेको थियो ।

यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहनुभएको थियो । स्वदेश फर्कने दिन आज अमेरीकामा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले आफू क्यान्सरको संक्रमणबाट मुक्त भएको बताउनुभयो ।

डा यादवले उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावप्रति आभार ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, उ’पचारको नियमित परिक्षणका लागि ५–६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु ।’

पूर्वराष्ट्रपति यादवले महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा शुभकामना दिदै सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...