Loading...

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

काठमाडौ १४ कार्तिक ।  

इंग्लिस प्रिमियर लिगमा साउथ ह्यामप्टनलाई पराजित गर्दै चेल्सीले शीर्ष स्थानको क्लब म्यानचेष्टर सिटीसँगको अंक दूरी घटाएको छ ।

लिग अन्तर्गत गएराति सम्पन्न खेलमासाउथह्यामप्टनलाई २–० ले पारजित गरेको चेल्सीले सिटीसँग अंक दूरी एकमा झारेको हो ।

चेल्सीका लागि इडन हर्जाड र डिएगो कोस्टाले एक एक गोल गरे । छैटौं मिनेटमा हर्जाडले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ५५ औं मिनेटमा कोस्टाले गोल गरेपछि चेल्सीले २–० को जित सुनिश्चित गरेको हो ।

जितपछि चौथो स्थानमा उक्लिएको चेल्सीको १० खेलबाट २२ अंक भएको छ । चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्रै पछि छ ।

समान २३ अंक नै भएका आर्सनल र लिभरपुल गोल अन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । गएराति नै भएको अर्को खेलमा एर्भटनले वेष्ट ह्यामलाई २–० ले पराजित गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको एभर्टनको जितमा रामेलु लुकाकु र रोस बार्कलीले गोल गरे । जितपछि छैटौं स्थानको एभर्टनको १० खेलबाट १८ अंक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...