Loading...

नेपाल संवत ११३७ आजबाट शुरु , म्हपुजा पनि आजै

कार्तिक १५, २०७३ । नेपालको मौलिस संवतको रुपमा चिनिएको नेपाल संवतको नया वर्ष ११३७ आज बाट शुरु भएको छ ।

आजकै दिन शंखधर साख्वाले नेपालको मौलिक सम्वत् नेपाल संवतको ११३७ प्रारम्भ गरेका हुन् ।
लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले विक्रम संवत ९ सय ३७ मा नेपालीहरुको ऋणमोचन गरी देशको नामबाट नेपाल सम्वत सुरु गरेको र सोही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले विक्रम सम्वत २०५६ मंसिर २ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
त्यस पछि पनि पटक पटकका प्रधानमन्त्रीहरुले नेपाल संवत कार्यन्वयन गर्ने भन्दै आए पनि लागु हुन सकेको छैन ।
नेपाल संवतको अवसरमा आज नेवार सम्बद्ध संघ संगठनहरुले उपत्यका सहित देशै भर र्याली, गोष्टी अन्तरक्रिया जस्ता कार्यक्रमहरुको आयोजना गर्दै छन् ।

बसन्तपुर, पाटनर दरबार क्षेत्र, भक्तपुर दरबार स्क्वाएर, काभ्रेको धुलिखेल, वनेपा, दोलखा, मकवानपुर, सिन्धुपालचोक, सिन्धुली लगायतका देशै भर अधिकाश जिल्लामा कार्यक्रमहरु राखिएका छन् ।

त्यसै गरी विदेशमा रहेका नेवारहरुले पनि विविध कार्यक्रम गरी नेपाल संवत ११३७ को अवसरमा कार्यक्रमहरु गर्दैछन् ।
यसैबीच, नेवार समुदायले आजै म्हःपूजा पुजा गरिँदैछ । साँझ परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला भएर म्हःपूजा अर्थात् आत्म पूजा गर्ने चलन छ । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हःपूजा गरिँदै आइएको छ ।

mha-puja

यसमा तपाइको प्रतिक्रिया

Loading...