Loading...

आगामी पुसमा सरकारी वकिलहरुको सम्मेलन हुने

काठमाडौ १५ कार्तिक ।  

महान्याधिवक्ता कार्यलयको आयोजनामा आगामी पुस ८ गतेदेखि राजधानीमा सरकारी वकिलहरुको सम्मेलन हुने भएको छ । देशभरका वकिलहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने उदेश्यले तीनदिने सम्मेलन हुन लागेको हो ।

नयाँ संविधानले सरकारी वकिलको अधिकारक्षेत्र परिवर्तन गरेको तथा महान्याधिवक्ता कार्यलयका संगठन संरचना र कार्यक्षेत्र पुनरावलोकन गर्नुपर्ने भएकाले सम्मलेलन आयोजना गर्न लागिएको महानयाधिवक्ता रमण श्रेष्ठले बताउनु भयो ।

सम्मेलनमा नयाँ संवैधानिक र कानुनी व्यवस्थाबारे सरकारी वकिलहरुबीच छलफल हुनुका साथै महान्याधिवक्ता कार्यलयले अभिमुखीकरण गर्ने जनाएको छ ।

यस्तै कार्यलयको संगठन संरचना, कार्यशैली र प्रमाणमा गर्नुपर्ने सुधारबारे पनि सम्मेलनमा छलफल हुने महान्याधिवक्ता श्रेष्ठले बताउनु भयो ।

सम्मेलनले सरकारी वकिलहरुको व्यावसायिकता र संस्थागत विकासका लागि साझा योजना तय गर्ने महान्याधिवक्ताको कार्यलयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...