Loading...

भारतीय राष्टपतिले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा विषेश पूजा गर्ने

काठमाडौ १५ कार्तिक ।  

भारतीय राष्टपति प्रणव मुखर्जीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा विषेश पूजा गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा आगामी कार्तिक १८ गते बिहान ८ बजे राष्टपति मुखर्जीले आधा घण्टा पशुपतिनाथ मन्दिरको दर्शन गरी पूजाआजा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

मुखर्जीले मन्दिर प्रंगनमा रहेका देवीदेवताको पूजाआज र दर्शन गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव गोविन्द टण्डनले जानकारी दिनुभयो ।

दर्शनका क्रममा नेपाल वेदविद्याश्रम र स्वर्गद्धारी आश्रमका विद्यार्थीहरुले द्रव्यश्वर मण्डपमा मन्त्रोच्चरण गर्ने तयारी समेत भएको छ ।

सो क्रममा राष्टपति मुखर्जीलाई शिवजी अंकित नटराजको काष्ठ कालीगढयुक्त मुर्ति उपहार दिने टण्डनले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...