Loading...

सरकारले कार्तिक मसान्तसम्ममा संसोधन प्रस्ताव पेश गर्ने , मोर्चाद्धारा प्रस्तावको स्वागत

काठमाण्डौ ,१४ कार्तिक ।
सरकारले कार्तिक मसान्तसम्ममा संबिधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने जनाएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको सत्तारुढ दल र मधेशी मोर्चाबीच भएको संयुक्त बैठकमा प्रधानमन्त्रीले यहि महिनाको अन्त्य सम्ममा संसोधन प्रस्ताव सदनमा पेश गर्ने जानकारी गराएको सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो ।

बैठकमा सरकारले सिमाङकन ,नागरिकता , राष्ट्रिय सभा र भाषाका बिषयमा संबिधान संसोधन गर्न लागेको पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेतालाई जानकारी गराउनु भएके हो ।

यस्तै उहाले मोर्चालाई पनि आफ्नो तर्फबाट स्पष्ठ धारणा तय गर्न माग गर्नुभएको छ ।

मोर्चामा आबद्ध दलका नेताहरुले पनि सरकारले पेश गर्न लागेको संसोधन प्रस्ताव स्वागतयोग्य भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले सो प्रस्ताव चाडै सदनमा पेश गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...