Loading...

पाकिस्तानको क्वेटामा ६१ प्रहरीको ज्यान जाने गरी भएको आक्रमणको योजना भारतको दिल्लीमा बनेको खुलासा

एजेन्सी कार्तिक १४ । पाकिस्तानको क्वेटामा रहेको प्रहरी एकेडेमीमा ६१ जना प्रहरीको ज्यान जाने गरी भएको आत्माघाती आक्रमणको योजना भारतको दिल्लीमा बनेको पाकिस्तानी सञ्चारमाध्यमहरुले खुलासा गरेका छन् । पाकिस्तानबाट प्रकाशन हुने उर्दु भाषाको अखबार नवा ए बख्तमा छापिएको खबरअनुसार प्रधानमन्त्री शरीफको अध्यक्षतामा भएको एउटा बैठकमा आईएसआईका कमाण्डर ब्रिगेडियर खालिद फरीदले यस्तो ब्रिफिङ गरेका छन् ।

यस्तै अन्य अधिकारीहरुले क्वेटा हमलामा भारतीय गुप्तचर संस्था रअले भूमिका खेलेको र उसको सहयोगमा अफ्गानिस्तानको भूमि प्रयोग गरेर यो हमला भएको दावी पाकिस्तानी नेताहरुले गरेका छन् । बलुचिस्तानको गभर्नर हाउसमा भएको बैठकमा बलुचिस्तान मामलामा हस्तक्षेपको विषयलाई लिएर भारत र अफ्गानिस्तानको विरोधमा कुरा उठाउने बारे पनि चर्चा भएको छ ।

india

बलुचिस्तानमा पाकिस्तान विरोधी विद्रोहीहरुलाई भारतीय रअका अधिकारीहरुले तालिम र पैसा दिईरहेको पाकिस्तानले बताउदै आएको छ । रअका एक जना सिनियर अफीसर यसै वर्ष बलुचिस्तानबाट पक्राउ परेका थिए । भारतले पाकिस्तानले आतंकवादीलाई आश्रय दिएको भने पनि भारतले पाकिस्तान विरोधी समुहलाई सहयोग गरेको देखिनुले उसको नियतमाथि गंभीर प्रश्न उठन थालेको पाकिस्तानी थिंक ट्याकहरुले औल्याएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...