Loading...

भारतीय राष्ट्रपतिको भ्रमण समयमा पनि सवारी सन्चालन गराउछौ : प्रहरी

काठमाडौं, कात्तिक १४ ।
आगामी कार्तीक १७ गतेबाट हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा सवारी–साधनको आवागमन ठप्प हुन्छ भन्ने भ्रममा नपर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेकोले भ्रमण अवधिमा अरु सवारी–साधनको पनि सहज सन्चालन हुने प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले बताउनु भयो ।

भारतीय राष्ट्रपतिको सवारी हुनेबेलामामात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिने र सवारी सकिएपछि तत्कालै उक्त रुटमा पुन सवारी आवागमन सहज बनाउने उहाले बताउनु भयो ।

सवारी नभएको अरु रुटमा भ्रमणकोक्रममा सवारी आवागमन नरोकिने उहाको भनाई छ । सवारी भएको रुटमा वैकल्पिक रुटको प्रयोग गर्नसमेत प्रहरीले जनसाधारणसँग आग्रह गरेको छ ।

सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्ने हेतुले ट्राफिक प्रहरीको परिचालनलाई चुस्तदुरुस्त बनाइएको प्रवक्ता ठकुरीको भनाइ छ ।

भ्रमण अवधिभर ट्राफिक प्रहरीले सन्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५र १५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोहीअनुरुप यात्रा तय गर्न सबैसँग उनले आग्रह गर्नुभयो ।

त्यस्तै, १०३ मा डायल गरेर सवारीचापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...