Loading...

नेपालमा पर्यटक भित्र्याउन सहयोग गर्ने अस्ट्रेलियाली सांसदको प्रतिबद्धता

काठमाडौं, कात्तिक १४ ।

एक साता लामो नेपाल भ्रमण सकेर स्वदेश फर्किएका अस्ट्रेलियाली सांसदको टोलीले भूकम्पपछि पनि नेपाल भ्रमण गर्न पूर्णरुपमा सुरक्षित रहेकाले भ्रमण गरी नेपालको पुनःनिर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।

‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौं’ भन्ने नारासहित नेपाल आएको अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमन्डलले स्वदेश फर्किनुअघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि पर्यटकका लागी नेपाल सुरक्षीत गन्तव्यकै रुपमा रहेको जनाएके हो ।

पत्रकार सम्मेलनमा सांसद लीले पर्यटनमा रुचि राख्ने व्यक्तिले भ्रमण गर्नैपर्ने मुलुक नेपाल रहेको भन्दै ‘इतिहास, कला, संस्कृति, पदयात्रा, हिमाल, वनजंगल, वन्यजन्तु लगायतको बिषयमा पनि नेपालबाट थुप्रै जानकारी पाउने बताउनु भयो ।

उहाले आफूले काठमाडौं उपत्यका, पोखरा र चितवन घुमेको र तीमध्ये सबैभन्दा सुन्दर पोखरा लागेको अनुभव पनि सुनाउनु भयो ।

धेरैभन्दा धेरै अस्ट्रेलियालीले नेपाल भ्रमण गरून् र नेपालबारे बुझून् भन्ने आफ्नो चाहना रहेको बताउँदै उहाले त्यसका लागि स्वदेश फर्किएपछि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

आफू अस्ट्रेलिया पुगेपछि नेपाल भ्रमण र यहाँको अवस्थाबारे त्यहाँका संसदमा बोल्ने उहाको भनाई छ ।

भ्रमणका क्रममा उहाले प्रधानमन्त्री, संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री, सांसदलगायत उच्चसरकारी अधिकारीसँग पनि भेट गर्नुभएको थियो ।

यस्तै दक्षिण अस्ट्रेलियाका लागि नेपालका अवैतानिक दूत दीपक धमलाले सांसद लीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ तथा अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...