Loading...

गुडिरहेको बसको ढोकाबाट खस्दा विकासको ज्यान गयो

गोरखा, कात्तिक १४ ।
गोरखामा फुजेल–२ का १७ वर्षीय विकास परियारको गुडिरहेको गाडिको ढोकाबाट खसेर मृत्यु भएको छ ।

फुजेलबाट सदरमुकाम आउँदै गरेको ग१ख २७८६ नम्बरको बसको ढोकाबाट खसेर सोही बसमा सहयोगीको काम गर्ने विकासको मृत्यु भएको हो ।

बसबाट खसेर घाईते परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...