Loading...

रानीपोखरीको प्रवेशद्धारमै टिका लगाईने , काष्ठमाण्डपमा पुनर्निर्माण नहुदा टिका प्रभावित

काठमाडौं, कात्तिक १४ । गत बर्षको विनासकारी भुकम्पले क्षति पुर्याएको काठमाडौंको रानीपोखरीको पुनरनिर्माण नहुदा यसपटक पनि सर्वसाधारणका लागि खुल्ला नगरिने भएको छ ।

रानीपोखरीको पुनर्निर्माणको काम भर्खरै शुरु भएका कारण यसपटक पनि सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न नपाउने भएका हुन् ।

भूकम्पअघि हरेक वर्ष तिहारको भाईटिकाको दिनमात्रै रानीपोखरी र यसको बीचमा रहेको महादेवको मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिन्थ्यो । दाजुभाई तथा दिदीबहिनी नहुनेहरुका लागि यसपटक पनि रानीपोखरीको प्रवेशद्वारमै टिका लगाउने व्यवस्था मिलाइएको छ ।

काठमाडौं महानगरपालिकाले तिहार अघि नै दर्शन गर्न मिल्ने गरी मन्दिर निर्माण गर्ने तयारी गरेको भएपनि मापदण्ड विपरित निर्माण भएको भन्दै पुरातत्व विभागले निर्माण रोक्न निर्देशन दिएपछि रानीपोखरीको निर्माणको जिम्मा पुरातत्वले नै लिएको छ ।

यसैबीच काठमाडौंंको बसन्तपुरमा रहेको काष्ठमण्डपको मन्दिर पनि भूकम्पपछि पुनर्निर्माण हुन नसक्दासामूहिक टिका पनि प्रभावित हुने भएको छ ।

यसअघि हरेक वर्ष दिदीबहिनी नहुनेहरुका लागि अञ्जली दिदीले टिका लगाईदिने गरेकी थिइन् । काष्ठमण्डपको भने अहिलेसम्म पुनर्निर्माणको काम नै शुरु हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...