Loading...

प्रचण्ड सरकारको तीन महिना उपलब्धी हिन : ओली

भक्तपुर, कात्तिक १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको तीन महिना उपलब्धीहिन भएको टिप्पडि गर्नुभएको छ ।

तीन महिनामा प्रचण्डले आन्दोलनरत पक्षको माग संसोधन , संविधान कार्यान्वयन , पुननिर्माण लगायतका कुनैपनि क्षेत्रमा प्रगतिमुलक काम गर्न नसकेको बताउनु भयो ।

एमालेले आज भक्तपुरमा गरेको शुभकामना आदन–प्रदान कार्यक्रममा उहाले बोल्दै ओलीले मुलुकलाई विकासको बाटोतिर लैजाने कुनै योजना समेत वर्तमान सरकारसँग नभएको दाबी गर्नुभयो ।

उहाले भन्नुभयो , दाहाल नेतृत्वमा सरकार बनेपछिको तीन महिनामा मुलुकले कुनै उपलब्धि हासिल गर्न सकेन र मुलुकलाई कसरी विकासको गतितर्फ अघि बढाउने भन्ने योजना पनि छैन ।

आफ्नो नेतृत्वको सरकारले अनेकौ चुनौतीबीच मुलुकलाई विकासको बाटोमा अघि बढाउन प्रयत्न गरेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...