Loading...

सामाजिक संस्था घेदुङले राजनितिक मुद्धा पनि उठाउछ : महासचिव घिसिङ

नेपाल तामाङ घेदुङ सिङ्गो तामाङ समुदायको प्रतिनिधित्व गर्ने तामाङ समुदायको एउटा छाता संगठन हो । यसले स्थापनाकाल देखि नै तामाङ समुदायको धर्म संस्कृति तथा हक, अधिकार र पहिचानको क्षेत्रमा निरन्तर रुपमा वकालत गर्दै आएको छ । पछिल्लो समय राजनितिक मुद्धाहरुमा बढी केन्द्रित देखिएको घेदुङले अहिले गर्दै आएको गतिविधि तथा यसले तामाङ जनमानसमा पारेको प्रभावका विषयमा घेदुङका केन्द्रिय महासचिव बाबु घिसिङसँग गरेको कुराकानी : 

महासचिवको जिम्मेवारी संहाल्नुभएको यो ७ महिनामा के कस्तो अनुभव गर्नुभयो ?
यो सात महिनाको अवाधिमा मैले एउटा संस्थाको सदस्य भएर काम गर्नु र जिम्मेवार पदमा बसेर काम गर्नुबीचको फरक बुझेको छु । म सँग विगतमा पनि १२ वर्षसम्म घेदुङको सचिवायमा बसेर काम गरेको अनुभव छ । १२ वर्षको सचिवाय बैठकमा मैेले जति नेतृत्वप्रति सुझावहरु र आवेग पुख्ने गर्थे, त्यहीँ कुराहरु आफूले सामना गर्नु पर्दा एउटा नयाँ खाको अनुभूति भएको छ । त्यही हो सदस्य भएर काम गर्नु र एउटा जिम्मेवार पदमा बसेर काम गर्नुमा केही चुनौती अनुभूत गरेको छु । यो सात महिनाको अवाधि निकै चुनौतीपूर्ण ढंगले बितेको महासुस गरेको छु ।

जिम्मेवारी वहन गर्न सहज असहज कस्तो लाग्यो ?
त्यस्तो असहजता नै भन्ने त हैन तर काम गर्ने शिलशिामा केही साथीहरुबाट पाउनुपर्ने साथ सहयोग नपाउदा कहिलेकाहीं कठिनाई महसुस भएको छ । कतिपय मुद्धाहरुमा छलफल र निर्णय गर्ने क्रममा विचारको मतभेदका कारण केही साथीहरुबाट सहयोगी भूमिकाको कमीका कारण काममा कहिँलेकही कठिनाई हुने गरेको छ ।

घेदुङको यतिखेरको मुख्य जिम्मेवारी र दायित्व के हो ?
नेपाल तामाङ घेदुङ सामाजिक संस्था भएपनि यसको मूल उदेश्य भनेको राजनितिक मुद्धाहरुलाई स्थापित गर्ने नै हो । तामाङहरुको राजनितिक अधिकार स्थापित नभइकन सामाजिक, साँस्कृतिक र पहिचान स्थापित हुन नसक्ने भएकाले पनि घेदुङले राजनितिक मुद्धालाई बढी प्राथमितामा राखेर काम गर्दै आएको छ । त्यसको अलवा घेदुङको यतिखेरको मुख्य दायित्व र यसले गर्दै आएको प्रमुख काम भनेको साँस्कृतिक पुणरजागरण हो । तामाङ समुदायमा हराएका र लोप भएर गएका सँस्कृतिलाई पुणरजागरणका लागि यसले विभिन्न गतिविधि सन्चान गर्दै आएको छ । जसको कारण हिन्दु धर्मावम्बीको भरखरै सम्पन्न चाड दशैं मनाउने तामाङहरुको संख्यमा कमी आएको हो की भन्ने महसुस पनि गरिएको छ । विगतमा तामाङ समुदायका जिम्मेवार व्यक्तित्व लगायतले नै टीका लगाएर फोटो पोष्ट गरेको देख्न हेर्न पाइएको थियो भने यो पटक त्यसमा पनि कमी आएको पाएको छ,,, यो एउटा सकारात्मक पाटो पनि हो । तर मूल मुद्धा हामीे राजनितिक रुपमा उठाइरहेको हुनाले तासाङि स्वयत्त प्रदेश नबनीकन तामाङ समुदायको समग्र विकास सम्भव छैन भन्ने कुरालाई मनन् गर्दै घेदुङले अहिले त्यसलाई नै आफ्नो नै जिम्मेवारी र दायित्वको रुपमा अघि बढाउदै आएको छ ।

घेदुङले अहिले के कस्तो गतिविधि सन्चालन गर्दै छ ?
घेदुङे अहिले गरिरहेको गतिविधि भन्नु पर्दा मुलुक संघियतामा गइसकेको अवस्थामा ६ महिनाभित्रमा सबै प्रदेशको भेला सम्पन्न गरिसक्ने भन्ने बारेमा भएको निर्णय अनुरुप नै काम अघि बढाएको छ । त्यहीं अन्तरगत एक नम्बर प्रदेशको भेला गत असोज १३ गते धनकुटाको हिलेमा सम्पन्न भएको छ । भेलाले नेपालमा जारी भएको संविधानमा संघियता सहित तामसालिङ प्रदेश स्थापनाको माग गर्दै प्रधानमन्त्री, राष्ट्रपति र सभामुख समक्ष ज्ञापनपत्र पनि बुझाएको छ । यसैगरी गत असोज १७ गते चार नम्बर प्रदेशको भेला पनि सम्पन्न भएको छ । यो क्रमलाई जारी राख्दै आगामी मंसिर १७÷१८ गते ३ नम्बर प्रदेशको भेला पनि गर्ने तयारी भएको छ । जसका लागि साथिहरु जुटिरहनु भएको छ ।

३ नम्बर प्रदेश तामाङहरुले तामसालिङ प्रदेश माग गरेको प्रदेश भएकाले पनि उक्त प्रदेशको सन्दार्भमा केन्द्रबाट पनि अ िबढी ध्यान दिइरहेका छौ । अर्को ५, ६ र ७ नम्बर प्रदेशमा जनसंख्यको हिसावले तामाङहरुको उपस्थिति कमी तथा भौगोलिक हिसावले पनि भो हुनाका लागि केही कठिनाईहरु रहेको हामी त्यही अनुसार अघि बढ्ने तयारी भइरहेको छ । समग्र रुपमा नयाँ संधिान जारी हुँदा हाम्रो पहिचानको सम्बोधन भएन, पहिचान सहितको तामसालिङ प्रदेश आएन तर पनि संविधान संशोधनका क्रममा राज्य बाध्यकारी बन्नुपर्छ भन्ने हिसावले भेलालाई केन्द्रित गर्दै आएको छ ।

यसको अलवा विभिन्न भातृसंगठनहरु आ आफ्नो गतिविधि गर्नमा लागेको छ । केही भातृ संगठनाई पुनरगठन गर्नुपर्ने अवस्था छ भने हामी केही नयाँ भातृ संगठन गर्ने तयारी पनि छौ । विषेशगरी तामाङहरुको संस्कार सँस्कृतिको अध्यता तामाङको चिनारी मानिएको ताम्बाहरुको छुट्टै भातृसंगठन गठन गर्ने तयारी छ । यस्तै प्राचिन पराम्परा र सभ्याताको धरोहरका रुपमा रहेको बोन्बोहरुको पनि एउटा संगठन बनाएर अघि बढ्ने प्रक्रियामा छौ । यसका अलावा अघिलो कार्यसमितिले सुरु गरेको लिपि प्रशिक्षणको कार्यलाई पनि निरन्तरता दिइराखेका छौ ।

यसका साथै अघिलो कार्यसमितिदेखि नै झेल्दै आएको लिपि सम्बन्धी विवाद समाधानका लागि पनि केही पह भइरहेको छ । जसका लागि भाषविद् अमृत योन्जनको संयोजकत्वमा कार्यदल गठन गरेर काम अघि बढाइएको छ । उक्त कार्यदलले सम्भोटा र तामायिकबीचमा देखिएको लिपि विवाद समाधान गरी सकारात्मक सुझाव दिनेछ भन्ने अपेक्षा पनि गरिएको छ ।

नेपाल तामाङ घेदुङ सामाजिक संस्था हो कि राजनीतिक संस्था हो ?
नेपाल तामाङ घेदुङ बिलकुलै समाजिक राष्ट्रिय संस्था हो । तर यसको एजेन्डहरु केही राजनितिक पनि छन् । अहिलेको गतिविधहरु हेर्दा राजनितिक संस्था जस्तो पनि देखिन्छ । यसो हुनुमा नेपालमा भएका राजनितिक परिवर्तनहरुमा तामाङहरुले पनि परिवर्तनको धेरै अपेक्षाहरु राखेको देखिन्छ तर त्यसका लागि संस्थागत रुपमा राख्ने आधार नभएको अवस्थामा नेपाल तामाङ घेदुङले ती मुद्धाहरुलाई आफ्नो एजेन्डा बनाएर अघि बढेको छ । विषेश गरी २०४६ सालदेखि यता घदुङले ती मुद्धाहरुलाई उठाउदै आएको छ । राज्यमा तामाङहरुको पनि अस्थित्व र पहिचान कायम गराउनका लागि घेदुङले दवाव र अवाज उठाउदै आएको छ । फलस्वरुप नेपाल बहुजातिया, बहुभाषिक, बहुसाँस्कृतिक मुुलुक हो भन्ने लेखियो । अहिले आएर मुलुक संघिय संरचनामा जाने तयारीमा रहेका बेला समग्र तामाङहरुको हक अधिकार र पहिचानाई स्थापित गर्नका लागि दवाव दिने क्रममा हाम्रा केही गतिविधि राजनिति केन्द्रित भएको पनि हुनसक्छ । जबसम्म नेपालमा तामाङहरुको अग्रअधिकार सहितको तामसालिङ राज्य बन्दैन तबसम्म नेपाल तामाङ घेदुङले यसलाई आफ्नो एजेन्डा बनाएर अघि बढ्नेछ । यस हिसावले गर्दा यसका केही एजेन्डाहरु राजनितिक भएपनि घेदुङ सामाजिक राष्ट्रिय संस्था नै हो ।

घेदुङ राजनीतिक गतिविधिमा बढि केन्द्रीत भएको हो ?
पक्कै पनि नयाँ संविधान बन्द १ देखि सातसम्मका प्रदेशहरु बनाए तर आदिवासी जनजातिहरु अडाइ सय वर्षदेखि उत् िपडनमा छ । यहाँको प्रकृतिलाई रक्षा गर्दै आएको आदिवासी जनजातिहरुलाई पहिचानको आधारमा एउटा नाम देउ र निर्वाचनको प्रक्रियामा समानुपातिक प्रणाली लागु गर भनेर माग गर्दा राज्याले दिएन र सम्बन्धीत दहरु पनि अग्रसर देखिएन । अहिलेका प्रमुख दलहरु खासगरी नेपाी कांग्रेस, नेकपा माओवादी र एमालेका साथै मधेशवादी दहरुे चुनावी अभियान नै बनाएको एजेन्डामा साथ नदिएपछि घेदुङले अग्रसरता देखाएको हो । उनीहरुले गरेको चुनावी प्रतिवद्धता पूरा नगरेकोमा हामीेले आक्रोस व्यक्त गरेका हौ । पछिलो पटक हामीले तामाङहरुलाई राजनितिक रुपले जागृत नगरेसम्म हाम्रो तामसालिङ प्राप्त हुन सक्दैन की भन्ने सन्दार्भमा विषेशगरी हामीले प्रादेशिक भेला तथा जिल्लाको कार्यक्रमहरुमा राजनितिक मुद्धाहरु उठाएको यस्तो देखिएको हुनसक्छ ।

घेदुङले मात्रै आन्दोलन, विद्रोह, क्रान्ति गरेर राजनीतिक परिवर्तन सम्भव हुन्छ र ?
पक्कै पनि घेदुङे मात्र गरेर यो सबै सम्भव छैन । यसको ागि सिङ्गो तामाङहरु एक ढिक्का हुनु जरुरी छ । सबै विचारगत रुपमा जहाँ भएपनि तामाङहरुको साझा मुद्धा र उदेश्य प्राप्तीका लागि तामाङ एकता जरुरी छ । जबसम्म सबै तामाङ एक हुदैन हुदैन तबसम्म नेपाल तामाङ घेदुङको मात्र प्रयासले सफ हुन सक्दैन । तामाङ पहिचान र तामसालिङ प्रातिका लागि तामाङहरुलाई एक ठाउँमा ल्याउनका लागि घेदुङले साझा भूमिका खेल्नुपर्छ भन्ने तर्फ हामी सचेत छौं ।

लगत्तै आगामी हप्तामा बस्ने घेदुङको बैठकले तामाङहरुको उत्पिडनमा उपलब्धी हुने खालका केही दुरगामी निर्णय गरेर अघि बढ्नेछौ । उक्त निर्णयले निश्चय नै तामाङहरुलाई जागरुक बनाउन सक्दछ । जबसम्म तामाङहरु जागरुक हुदैन तबसम्म तामसालिङ प्राप्ती सम्भव छैन ।

सामाजिक मुद्दाहरू ओझेलमा परेको गुनासो सुनिन्छ नि ?
सयद त्यस्तो छैन । हामीे राजनितिक मुद्धाको साथ साथै तामाङ समुदायका सामाजिक मुद्धाहरुाई पनि अघि बढाउदै लागेका छौं । अहिले सामाजिक रुपमा देखिएको विकृतिहरु जस्तै धर्म परिवर्तका कुराहरु । सानो सानो लोभ लालच र आफ्नो धर्म सँस्कृतिलाई राम्रोसँग बुझ्न नसक्दा धर्म परिवर्तन गर्ने गरेको पाइन्छ । २०६८ सालको तथ्यांक अनुसार झन्डै चार लाख तामाङहरु क्रिष्टीयन रहेको देखाएको छ । यो निकै चुनौतीपूर्ण छ यसलाई पुनरवाहाली गर्नका लागि पनि घेदुङले केही पह गरिरहेको छ । यस्तै पछिल्लो समय चर्चामा आएको म्हेनिङको विषयमा देखिएको विवाद तर्फपनि घेदुङ सचेत छ । त्यसका लागि तामाङ बुद्धिजिवी, ताम्बा गान्बा बोन्बो गायतको भेला गराएर एउटा सकारात्मक ठोस निर्णय निकाने तयारीमा पनि हामी जुटिरहेका छौ । यस हिसावले घेदुङ राजनितिक मुद्धामा मात्रै नभएर समाजिक मुद्धामा पनि उत्तिकै सचेत छ ।

पछिल्लो समय घेदुङको सङ्गठन विस्तार प्रभावकारी हुन नसकेको हो ?
त्यस्तो हैन । घेदुङको पाँचौ अधिवेशनसम्म घेदुङको ६८ ओटा जिला संगठन स्थापना भएको थियो । जसमा ४०÷४२ ओटा संगठन मात्र क्रियाशील रहेको थियो । पछिल्लो तथ्यांकले नेपालको ७५ ओटै जिल्लामा तामाङको जनसंख्य देखाएको छ तथापी हाम्रो ७५ ओटै जिल्लामा संगठन विस्तार गर्ने हाम्रो तयारी पनि छ तर त्यो भन्दा पहिले गठन भइसकेका ६८ वटा जिल्ला शाखालाई कसरी सक्रिया बनाउने भन्ने तर्फ चहीं घेदुङ अहिले केन्द्रित छ । यसका अलवा विदेशमा रहेका तामाङहरु माझ पनि घेदुङको शाखा विस्तार गर्ने क्रममा छ । हालै मात्र साइप्रसमा नेपाल तामाङ घेदुङको शाखा गठन हुदैछ । जसका औपचारिक घोषणा आगामी कार्तिक ७ गते हुदैछ भने अन्य २२ ओटा देशहरुमा घेदुङको शाखा गठन गर्ने तयारीमा छ ।

दशैं, ल्होछार, लिपिको विषयमा घेदुङले खाली विवाद जन्माउने काम मात्रै ग¥यो भन्ने आरोप छ । तपाईको भनाइ के छ ?
यो बिलकुलै गत आरोप हो । घेदुङे विवाद जन्माउने काम गर्छ भन्ने मलाई लाग्दैन । बरु घेदुङले तामाङ समुदायमा प्राचिनकालमा रहदै आएको रितिथितिाई खोज अनुसन्धान गरी स्थापित गर्ने काम गर्दै आएको छ । विषेशगरी भन्नुपर्दा २०५१ सालमा नेपाल तामाङ घेदुङको नेतृत्वमा मागशुक्ल प्रतिपदामा मनाउने ल्होसारलाई पहिो पटक तात्कालिन सरकारले सम्बोधन गरेको हो ।

जसलाई राजपत्रमा प्रकाशित गरेर नेपालको ल्होसार मनाउने समुदायको चाड भनेर स्थापित गरेको थियो । अहिले मागशुक्ल प्रतिपदाको तिथीलाई नै विश्वभरी ल्होसारको रुपमा मनाउदै आएको छ । त्यसको लगभग ३ वर्षको अवाधिमा नेपालमा थप दुई ओटा ल्होसारको जन्म भयो । एउटा गुरुङ समुदायको तोला ल्होसार र अर्को शेर्पा समुदायको ग्याल्पो ल्होसार । यसप्रकार नेपालमा तीन ओटा ल्होसारको उदाय भयो ।

घदुङले तामाङहरुका लागि स्थापित भएको सोनम ल्होसार मनाउदै आएको छ र यो निरन्तर चलिरहन्छ । यसमा तामाङहरुले घेदुङले किन विवाद उतार्यो भन्ने कुरा चहीं बुझाइको कुरा हो । फेरि पनि भन्छु मागशुक्ल प्रतिपदामा मनाउने ल्हेसार नै तामाङ समुदायको पहिचान हो र विस्तारै यो कुरा बुझ्दै जानेछ भन्ने अपेक्षा पनि राखेका छौ ।

अर्को दशैंको सन्दार्भमा भन्नुपर्दा हो हिन्दुहरुको चाड हो । धर्म अतिक्रमणका क्रममा तामाङहरुमाथि लादिएको चाड हो भनेर सबैलाई थाह भएकै कुरा हो । बरु त्यसको विकल्पमा तामाङहरुको म्हेनिङ थियो भन्ने कुरा आएको छ त्यस विषयमा घेदुङले पुरातात्विक खोज अनुसन्धान विभाग मार्फत खोज अनुसन्धान गर्ने तयारी गरिहेका छौं । यो लिपि विवादका विषयमा पनि हामी समाधानको प्रयासमा छौ ।

विषयहरूमा आफ्नो धारणा बुझाउनका लागि सशक्त र प्रभावकारी कार्यक्रमहरू घेदुङले किन ल्याउन सकेन ?
त्यसका लागि अहिले हामीले विषेशरुपमा ताजा आर्थत तामसालिङ जागरण अभियानका सन्चान गरिरहेका छौ । विगत १० वर्षदेखि हामी साँस्कृतिक जागरण अभियानमा जुटिरहेका छौ । यो अभियान जति सशक्त रुपमा अघि बढ्यो त्यति नै यस किसिमको विवादहरुको न्युनिकरण हुदै जान्छ भन्ने आपेक्षा घेदुङको छ । किनकी जबसम्म तामाङ समुदायमा साँस्कृतिक पुनरजागरण आउदैन तबसम्म यस खालको विवाद कायमै रहन्छ ।

यसरी फरक फरक धारमा उभिने तामाङहरू देखिनाले समुदाय त अलमलमा प¥यो नि, अब निकासको लागि तामाङ समाजबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
निकै महत्वपूर्ण प्रश्न गर्नु भयो, हामी चाहन्छौं तामाङ समुदायले घेदुङे चाहेको कुराहरु दिन सकोस् । तामाङ समुदाय अहिले अन्योलमा छ । पछिलो पटक तामाङहरु चार ओटा सँस्कृतिक सांप्रादायहरुबाट पनि उत्पिडनमा छन् । एउटा नेपालमा पर्याप्त मात्रमा हिन्दुकरण गरियो । बिबाहमा सिन्दुर लगाउने, पोते लगाउने नाक छेड्ने लगायतका हिन्दु सँस्कारका कारण तामाङहरुको पहिचान हराउदै गए ।

पछिल्लो समय केही हट्दै गएको छ । यस्तै पछिल्लो पटक आएर तामाङ समुदाय क्रिष्चीयनकरण हुदैगएको छ । जसले गर्दा हाम्रो धार्मिक अतिक्रमण हुदै आएको छ यो पनि एउटा चिन्ताको विषय हो । अर्को हो तिब्बतीकरण । तामाङहरुले आफ्नो सँस्कार सस्कृति भन्दा तिब्बती सँस्कृतिाई मन पराउने, तिब्बती धर्मगुरुलाई पुज्ने तथा आफ्ना धर्मगुरुहरुलाई हेला गर्ने लगायतका प्रवृत्ति तामाङ समुदायमा देख्न पाइन्छ ।

यी यावत् समस्या जसले तामाङ पहिचान र चिनारीई विस्थापित गर्ने काम गर्छ त्यसलाई हामी हटाउन चहान्छौ । त्यसका लागि तामाङ समुदायको सकारात्मक साथ र सहयोगको घेदुङले अपेक्षा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य अन्तर्वार्ता समाचार

Like us On Facebook

Follow Us On Twitter