Loading...

तीन दलको सहमतीबिना संविधान कार्यान्वयन असम्भव : पोखरेल

काठमाडौं , कार्तिक १४ ।

एमाले महासचिव ईश्वर पोखरेलले प्रमुख तीन दलको एकताबिना संबिधान कार्यान्वयन असम्भव रहेको बताउनु भएको छ ।

काठमाडौं ५ नम्बर वडा कमिटीले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै पोखरेलले संविधान कार्यान्वयन गर्न प्रमुख दलहरुबीच पुनः एक हुनुपर्ने बताउनु भयो ।

उहाले आगामी माघ ७ सम्म संविधान कार्यान्वयन गर्न तीनवटै चुनाव गर्नैपर्नेमा जोड दिदै अन्य बिषयमा अल्झेर विवाद नगर्न पनि आग्रह गर्नुभयो ।

पोखरेलले शासकीय प्रणाली र निर्वाचन प्रणालीका कमजोरीलाई संबिधान संसोधनमार्फत हटाउनुपर्ने बताउनु भयो ।

उहाले संसदीय प्रणालीको तर्क सारेर एउटा दल प्रतिपक्षमा बस्नुपर्छ भन्ने काग्रेसको निती पनि गलत रहेको बताउनु भयो । पोखरेलले केपी ओली सरकारले अघि सारेका राष्ट्रिय स्वाधिनताका एजेन्डालाई पार्टीले निरन्तर अगाडि बढाउने जानकारी समेत गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...