Loading...

जनभावनाको कदर गर्दै संविधान संशोधन हुन्छ : परराष्ट्रमन्त्री महत

काठमान्डौ ,कात्तिक १४ ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला बिदा दिने कुरालाई अनावश्यक विवाद बनाउने काम कसैले पनि गर्न नहुने बताउनु भएको छ ।

भारतीय मुखर्जीको भ्रमणका क्रममा दिएको सार्वजनकि विदा सकारात्मक भएको बताउदै उहाँले सबै मिलेर उहाँको भ्रमण सफल बनाउनतिर लाग्नु पर्नेमा जोड दिनुभयो ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेका देउसी भैलो कार्यक्रममा बोल्दै मन्त्री महतले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने बताउनु भयो ।

अधिकार र कर्तव्यलाई सही सदुपयोग र सन्तुलित गर्दै अघि बढ्नुपर्नेमा मन्त्री महतको जोड थियो । साथै उहाँले दुबै छिमेकी मुलुकसँग नेपालको सुमधुर सम्बन्ध रहेको समेत उल्लेख गर्नुभयो ।

एक अर्को प्रसंगमा उहँले सबै नेपाली जनताको भावनालाई सम्बोधन गर्नेगरी सबैको सहमतिमा संविधान संशोधन हुने स्पष्ट पार्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...