Loading...

नेपाल सम्वत सम्पूर्ण नेपालीको मौलिक सम्वत् हो :प्रधानमन्त्री

काठमाडौ १४ कार्तिक ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सम्वतका रुपमा घोषणा गरिएको नेपाल सम्वतलाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भएको छ ।

नेपाल सम्वत ११३७ को उपलक्ष्यमा थानकोटस्थित नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाक्वाको शालिक अनावरण गर्दै उहाँले नेपाल सम्वत नेवारी समुदायको मात्र नभइ समपूर्ण नेपालीको मौलिक सम्वत भएको बताउनुभयो ।

नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा गरिसकेकाले अब घोषणालाई व्यवहारमा उतार्ने संकल्प गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । उहाँले शंखधर शाख्वा सामाजिक न्यायका अभियन्ता भएको स्मरण समेत गर्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीले सरकार संविधान संशोधन, कार्यान्वयन, भूकम्पपछिको पूनर्निर्माण र सुशासनका लागि क्रियाशील रहेको भन्दै थानकोट–कलङ्कीको सडकलाई फराकिलो पार्ने काममा पनि सरकारले विशेष जोड दिएको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...