Loading...

सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौ १४ कार्तिक ।  

अरनिको राजमार्ग अन्र्तगत भक्तपुरको सूर्यविनायकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौं तर्फ आउँदै गरेको बा ३ ख ७४७६ नम्बरको यात्रुबाहक बसले बा १३ प ४२८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइक चालक बागटोल–५, खोटाङ्गका १९ वर्षीय रोशनकुमार खत्री रहेको छ ।

ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा बिहान मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताउनुभयो ।

ठक्कर दिने बसका चालक पनौती काभ्रेका ३६ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...