Loading...

सरकार र मोर्चाविच आज औपचारिक रुपमा वार्ता हुदै

काठमान्डौ कात्तिक १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मधेसी गठबन्धनका नेताहरुसँग औपचारिक छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे छलफलका लागि बोलाइएको छ ।

मोर्चाको मागको सम्बन्धमा सत्तासाझेदार दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शिर्ष नेताहरुले मोर्चाका नेताहरुसँग हिजो गरेको अनौपचारिक छलफल पछि आज औपचारिक छलफल गर्ने बाटो खुलेको हो ।

सरकारले मधेसी मोर्चाको मागलाई संबोधन हुने गरी संविधान संशोधनको अन्तिम मस्यौदा समेत तयार पारेको छ । आजको छलफल बाट सोही मस्यौदालाई अन्तिम रुप दिने तयारी रहको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

सरकारले संविधानको चार विषय नागरिकता, भाषा, सीमांकन र राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधत्वको विषयमा केन्द्रित रहेर मार्चाको माग संबोधन हुने गरी संशोधन गर्ने तयारी गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...