Loading...

एएफसी सोलीडारीटी कपमा राष्ट्रिय फुटबल टोली आज मलेशिया प्रस्थान गर्दै

कार्तिक १४ काठमाण्डौं । मलेशियामा नोभेम्बर २ बाट शुरु हुने एफसी सोलीडारीटी कपमा सहभागी हुन नेपाली राष्ट्रिय फुटबल टोली आज त्यस तर्प प्रस्थान गर्दै छ । हिन्दु नेपालीहरुको दोस्रो मुख्य पर्व तिहार समेत मनाउन नपाएका नेपाली टोली आज साझ त्यस तर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

जापानी प्रशिक्षक ग्योतोकु कोजी र सहायक प्रशिक्षक राजु काजी शाक्यको प्रशिक्षणममा तयार भएको नेपाली टिमको कप्तान अनील गुरुङलाई जिम्मा दिईएको छ ।
यसै गरी अन्य खेलाडीहरुमा विकेश कुथु , किरण चेमजोङ र विशाल श्रेष्ठ गोल किपर , अनील गुरुङ, भरत खवास, विमल घर्ती, नवयुग श्रेष्ठ ,सुमन लामा, रञ्जन विष्टन फरवार्डमा रहेका छन् ।

त्यसै गरी मिडफिल्डरमा बिशाल राई , हेमन गुरुङ, विक्रम लामा,अञ्जन विष्ट , सुजल श्रेष्ठ र राजेन्द्र रावल रहेका छन् ।

यस्तै डिफेन्डरमा बिराज महर्जन, रविन श्रेष्ठ,अनन्त तामाङ, दीपक गुरुङ,आदित्य चौधरी, कमल श्रेष्ठ,देवेन्द्र तामाङ र रञ्जित धिमाल रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल कार्तिक २० गते शनिबार टिमोर लिस्टे विरुद्ध नेगिरी रंगशालामा खेल्ने छ । त्यसै गरी दोस्रो खेल ब्रुनाई विरुद्ध कार्तिक २३ गते साराबाक रंगशालामा खेल्ने छ ।

afc
म्याच फिक्सिङमा ५ खेलाडी तानिए पछि र दुई दशक देखिका एन्फा अध्यक्ष गणेश थापामाथिको प्रतिवन्ध पछि नकारात्मक चरणमा गएको नेपाली फुटबलले २०१५ मा बगबन्धु गोल्डकप र २३ वर्ष मुनिको साग फुटवल प्रतियोगीता जीते पछि नेपालीको मनोबल केही उच्च बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...