Loading...

आज घरघरमा लक्ष्मीको पुजा गरीदै

काठमान्डौ कात्तिक १४ ।
हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पुजा घरघरमा साँझ पख धनधान्यकी देवी लक्ष्मीको पुजा गरिदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गर्ने गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् । लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ ।

लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । आज साँझ समूह बनाई घरघरमा भैलो खेल्न गरिन्छ यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकर तिहार, तेस्रो दिन कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजाका साथै नेवारी समुदायले म्हपूजा गर्ने गर्दछन् भने तिहारको अन्तिम दिन भाईटीका लगाउने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...