Loading...

तथ्याङकमा एकरुपता नभएपछि भुकम्प प्रभावित १७ जिल्लाको तथ्यांक अद्यावधिक गर्ने

काठमाण्डौ ,१३ कार्तिक ।

प्रहरी, स्थानीय निकाय लगायतले गरेको सर्वेक्षणको तथ्यांक फरक फरक भएपछि सरकारले भुकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्यांक अद्यावधिक गर्ने कार्य सुरु गरेको छ ।

भुकम्प प्रभावित आवास पुनर्निर्माण लगत संकलन कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय तथ्यांक विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई भुकम्पीय आवास पुनर्निर्माण आयोजनाले तथ्यांक संकलन प्रक्रिया थालेका हुन् ।

जसमध्ये लमजुङ, चितवन, खोटाङ, तनहुँ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, धनकुटा, भोजपुर र संखुवासभामा भुकम्पबाट भएको क्षतिको विवरण अद्यावधिक गर्न लागिएको हो ।

यी जिल्लामध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘ग’ वर्गको कम प्रभावित भनेर म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र संखुवासभा र अन्यलाई ‘ख’ वर्गको प्रभावित जिल्लामा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...